+
+

नवौं राष्ट्रिय खेलकुदमा चिया बाँड्दै बक्सिङ प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १८:०६
हातमा पेपरका कप बोकेकी प्रियंका बर्मा ।

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङका खेलहरु पोखरा रंगशाला भित्र रहेको सेमिकभर्डहलमा भइरहेको छ ।

आइतबार बाउट नम्बर २३ मा ६५.५ केजी तौल समुहमा गण्डकी प्रदेशका सफल घर्ती मगर र मधेश प्रदेशका नौसद अन्सारी बीचको खेल भइहरँदा गण्डकी प्रदेशकी प्रियंका वर्मा प्रशिक्षकको भुमिकामा थिइन् । उक्त खेलमा गण्डकीका सफल विजयी भए ।

उक्त खेल सकिएपछि प्रदेश १ का अभिनय राई र कर्णाली प्रदेशका केसव भण्डारीबीच अर्को खेल सुरु भयो ।

त्यस खेलका क्रममा उनै गण्डकी प्रदेशकी प्रशिक्षक प्रियंका भने पदाधिकारी र जजहरुलाई चिया बाँडिरहेकी थिइन् । खेलाडीलाई सिकाउने प्रशिक्षक चिया बाँडिरहेको देख्दा अनौठो दृश्य थियो । सेमिकभर्ड हलमा बक्सिङ हेर्न दर्शकको राम्रै उपस्थिति थियो । जसले गर्दा धेरैको ध्यान उनीतर्फ नभए पनि प्रशिक्षकले चिया बाँड्नु अनौठो थियो ।

उनलाई यस बारे सोध्दा छोटो प्रतिक्रिया दिँदै सबै काम गर्ने हो मात्र भनिन् । महिला बक्सिङमा अहिले प्रियंका नेपालकै एक्ली प्रशिक्षक हुन् ।

सुरुमा खेलाडी रहेकी उनी पछिल्लो समय प्रशिक्षणमा सक्रिय छिन् । उनी युवा तथा खेलकुद मन्त्रालयको स्वयंसेवक प्रशिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?