+
+

हेटौंडामा जुवा खेलिरहेका ३३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १०:२३
फाइल तस्वीर ।

८ कात्तिक, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाा नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?