+
+

४ पटकको च्याम्पियन इटलीसहित ८ टिम, जो कतार विश्वकपमा छैनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १४:५०

१८ कात्तिक, काठमाडौं । कतार विश्वकप २०२२ सुरु हुनुअघि विश्वकप क्वालिफायर्सबारे जानकारी नभएका समर्थकहरु अचम्मित हुन सक्छन् । उपाधि दावेदार टिमसहित केही सुपरस्टारकाे राष्ट्रिय टिम पनि याे विश्वकपमा छैनन् । युरो कप साविक विजेता तथा चार पटक विश्वकप जितेका इटली कतार विश्वकप गुमाउने उच्च वरियताकाे टिम हाे ।

फिफा वरियतामा शीर्ष १० टाेलीमध्ये इटली मात्र कतार भ्रमण गर्न असफल रह्याे । इटलीमात्र होइन दक्षिण अमेरिका, अफ्रिका र युरोपका अरु ठूला टिम पनि यस पटक विश्वकपमा छनोट हुन सकेनन् ।

कतार विश्वकपमा नदेखिने इटलीसहित ८ ठूला टिम यी हुन् :

इटली
फिफा वरियता : ६
विश्वकपमा उत्कृष्ट प्रदर्शन : ४ पटकको विजेता (१९३४, १९३८, १९८२ र २००६)

गच मार्चमा युरोपियन क्षेत्रको प्लेअफ सेमिफाइनलमा ९२औं मिनेटमा गोल खाएर नर्थ मेसेडोनियासँग पराजित भएपछि इटली विश्वकपमा छनोट हुन असफल भयो ।

युरोकप २०२० को विजेता र छनोटमा राम्रो प्रदर्शन गरेको इटलीले फ्लेअफ खेल्नुपर्ने स्थिति आउनु नै अनौठो थियो ।

छनोटको पछिल्लो पाँच खेलमा इटलीले १ खेल मात्र जित्दा ४ खेलमा बराबरी गरेको थियो । स्वीट्जरल्याण्ड भन्दा पछि दोस्रो स्थानमा रहेपछि इटलीले प्लेअफ खेल्नुपरेको थियो । जहाँ इटली गोल गर्न सकेन भने नर्थ मेसेडोनियासँग १-० ले पराजित हुँदै विश्वकपमा पुग्न सकेन ।

कोलम्बिया
फिफा वरियता : १७
विश्वकपमा उत्कृष्ट प्रदर्शन : क्वार्टरफाइनल (२०१४)

विश्वकपमा गोल्डनबुट जितिसकेका जेम्स रोड्रिग्वेजको टोली कोलम्बियाले पछिल्ला दुई विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो र कतार विश्वकपमा छनोट हुन सक्ने दाबेदार टोलीको रुपमा हेरिएको थियो ।

तर विश्वकपको दक्षिण अमेरिकी छनोटमा छैटौं स्थानमा रहेपछि कोलम्बिया छनोट हुन सकेन । दक्षिण अमेरिकाबाट चार टिम सिधै छनोट हुँदा पाँचौं स्थानको पेरुले प्लेअफका लागि छनोट भयो । पेरुभन्दा कोलम्बिया १ अंकले पछि थियो ।

कतारमा पनि क्लब फुटबल खेलेका रोड्रिग्वेजले आफ्नो टिम विश्वकपमा छनोट हुन नसकेपछि सामाजिक सञ्जालमार्फत आफू गहिरो दुस्खमा रहेको बताएका थिए ।

स्वीडेन
फिफा वरियता : २५
विश्वकपमा उत्कृष्ट प्रदर्शन : उपविजेता (१९५८)

स्वीडेनले हालसम्म भएका २१ मध्ये १२ वटा विश्वकप खेलिसकेको छ । सन् १९५८ मा विश्वकप आयोजना गरेको स्वीडेनले त्यसबेला ऐतिहासिक प्रदर्शन गर्दै फाइनल पुगेको थियो र हाई स्कोरिङ खेलमा ब्राजिलसँग पराजित भएको थियो ।

स्वीडेन सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्वार्टरफाइनल पुगेको थियो । तर, कतार विश्वकप २०२२ को छनोटमा भने दोस्रो लेगको ६ मध्ये ३ खेलमा पराजित भएको थियो । समूहमा स्पेन भन्दा पछि दोस्रो स्थानमा रहेपछि प्लेअफमा झरेको स्वीडेन टिम पोल्याण्डसँग पराजित भएको थियो ।

चिली
फिफा वरियता : २९
विश्वकपमा उत्कृष्ट प्रदर्शन : तेस्रो स्थान (१९६२)

चिलीले सन् २०३० मा भएको विश्वकपको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको छ । चिलीले सन् १९६२ मा विश्वकप आयोजनासमेत गरेको थियो र तेस्रो भएको थियो ।

सन् १९९८, २०१० र २०१४ को विश्वकपमा चिलीले अन्तिम १६ मा पुगेको थियो । आर्टुरो भिडाल, गेरी मेडल, एलेक्स स्यान्चेज जस्ता स्टार खेलाडीको सहयोगमा चिलीले उक्त प्रदर्शन गरेको थियो । तर, यी स्टारहरुको खस्कँदो प्रदर्शनसँगै चिली कतार विश्वकपमा छनोट हुन असफल रह्यो । अन्तर्गतका आफ्ना अन्तिम चार खेलमा चिलीले १ खेल मात्र जितेको थियो ।

चिलीले त्यसपछि इक्वेडरका बाइरोन कास्टिलो कोलम्बियाका खेलाडी भएको र इक्वेडरबाट खेल्न लायक नभएको भन्दै इक्वेडरलाई ुडिस्क्वालिफाइु गर्न फिफासँग माग गरेको थियो । तर, फिफाले क्यास्टिलो इक्वेडरकै नागरिक भएको भन्दै नियमअनुसार आफ्नो देशबाट खेल्न पाउने घोषणा गरेको थियो ।

नाइजेरिया
फिफा वरियता : ३१
विश्वकपमा उत्कृष्ट प्रदर्शन : अन्तिम १६ (सन् १९९४, १९९८, २०१४)

नाइजेरियाले सन् १९९४ मा विश्वकपमा डेब्यू गरेको हो । उनीहरुको आक्रामक फुटबल र समर्थकको क्रेज र रमाइलो गोल सेलिब्रेसन गर्ने तरिकाका कारण सुरुबाटै चर्चामा रहे । सन् १९९४ मा नाइजेरिया आफ्नो समूहमा शीर्ष स्थानमा रहेको थियो । अन्तिम १६ मा रोबर्टो बाजियो नेतृत्वमा रहेको इटलीसँग पराजित भयो ।

त्यसपछि नाइजेरियाले २००६ को विश्वकप गुमाएको थियो भने चार ववर्षपछि दक्षिण अफ्रिकामा भएको विश्वकपबाट पुनरागमन गर्‍यो ।

कतारमा बस्ने नाइजेरियाको ठूलो समर्थकको अगाडि विश्वकप खेल्ने नाइजेरियाको सपना यस पटक पूरा हुन सकेन । विश्वकप छनोटका प्लेअफको दुवै खेलमा घानासँग बराबरी खेले पनि नाइजेरिया अवे गोलका आधारमा छनोट हुन सकेन । नाइजेरियामा भएको दोस्रो खेल १-१ को बराबरीमा सकिएपछि घाना भाग्यमानी बन्यो ।

रसिया
फिफा वरियता : ३३
विश्वकपमा उच्च प्रदर्शन : चौथो (१९६६ मा सोभियत युनियनका रुपमा, क्वार्टरफाइनल २०१८)

राजनीतिक अस्थिरताको कारणले मात्र रुस टिम कतारको भ्रमण गर्न पाएन । युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रुसलाई विश्वकप फुटबलबाट निस्कासन गर्ने निर्णय गर्‍यो ।

सन् २०१८ मा घरेलु मैदानमा क्वाटरफाइनलसम्म पुगेको रुस युरोपबाट विश्वकपमा छनोट हुने सक्ने दाबेदारमध्ये रहेको थियो । रुसले फिफाको निर्णय विरुद्ध कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दर्ता गरे पनि पछि फिर्ता लिएको थियो ।

रुसको फुटबलको इतिहास दुई भागमा राखेर हेर्न सकिन्छ । सुरुमा सोभियत युनियनको रुपमा १९९० सम्म सहभागिता जनाएको थियो । भने त्यसपछि २०१४ सम्म तीन विश्वकपमा रुसको नामबाट सहभागिता जनायो । सन् २०१८ मको विश्वकप आयोजना गरेको रुस क्वाटरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।

अल्जेरिया
फिफा वरियता : ३७
विश्वकपमा उच्च प्रदर्शन : अन्तिम १६ (२०१४)

अल्जेरियाले कतार विश्वकप छनोटको सबैभन्दा नाटकीय खेल खेल्यो । जसले विश्वलाई नै चकित पारेको थियो । विश्वकपको नजिक पुगेर पनि अल्जेरिया अन्तिम सेकेण्डमा गोल खाँदा अभागी बन्यो ।

क्यामरुनविरुद्ध प्लेअफ खेलको दोस्रो लेगको अतिरिक्त समयमको पनि अन्त्यतिर गोल गरेपछि अल्जेरिया विश्वकपको निकै नजिक पुगिसकेको थियो । तर क्यमारुनका कार्ल टोको एकाम्बीले खेल सकिन केही सेकेण्डमात्र बाँकी हुँदा गोल फर्काएपछि उक्त खेल क्यामरुनले २(१ ले जित्यो ।

पहिलो लेग अल्जेरियाले १- ले जितेको थियो । समग्रमा स्कोर २-२ भए पनि अवे गोलका आधारमा क्यामरुन विश्वकपमा पुग्दा अल्जेरिया छनोट हुन सकेन ।

इजिप्ट
फिफा वरियता : ३९
विश्वकपमा उच्च प्रदर्शन : समूह चरण (१९९४, १९९०, २०१८)

मध्यपूर्वमा विश्वकप आयोजना हुँदै गर्दा इजिप्टको ठूलो जनसंख्या बसोबास गर्ने कतारमा मोहमम्द सलाहले नेतृत्व गरेको टिम छनोट हुने आशा गरिएको थियो ।

तर, यस विश्वकपमा इजिप्ट र सलाह हुने छैनन् । सलाहलगायत तीन खेलाडीले पेनाल्टीमा गोल गर्न नसक्दा सेनेगलसँग प्लेअफमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेन ।

इजिप्टले अहिलेसम्म जम्मा तीन पटक विश्वकप खेलेको छ र तीनैपल्ट समूह चरण पार गर्न सकेको छैन । पछिल्लो पटक २०१८ मा चोटका कारण सलाह पूर्ण फिट नहुँदा इजिप्टको प्रदर्शन निराशाजनक थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?