
२० कार्तिक, काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा -१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4