+
+

भलिबल संघको वार्षिक क्यालेण्डर: नेपाल सुपर लिग फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते ११:४५

२३ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले २०७९ र ८० गरी दुई सिजनको एकमुष्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

गत वर्ष नै सम्झौता भएर पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सन्चालन हुने भलिबल संघको वार्षिक कार्यक्रममा उल्लेख छ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टसँग संघले गत वर्ष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको थियो । यही कम्पनीले फुटबलतर्फ नेपाल सुपर लिगको पहिलो संस्करण आयोजना गरेको थियो ।

गत भदौमा निर्वाचित नयाँ कार्यसमितिले दुई वर्षको कार्यक्रम एकैपल्ट सार्वजनिक गर्दा केहि नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् । नेपालले अर्को महिना उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाउँदैछ । डिसेम्बर तेस्रो साता बंगलादेशमा हुने यू–२३ एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपालमा खेलाडी छनोट भइरहेको छ ।

त्यस्तै संघले यही वर्ष पहिलोपल्ट उमेर समूहको प्रतियोगिता आयोजना गर्ने भएको छ । यू–१५ पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिताको मिति निर्धारण गरिएको छैन ।

२०८० सालमा महिला र पुरुषको एक–एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने क्यालेण्डरमै उल्लेख गरिएको छ । सोही वर्ष राष्ट्रिय रेफ्री कोर्ष सन्चालन हुनेछ ।

२०७९/८० का लागि संघको वार्षिक कार्यक्रम यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?