+
+
टी-२० विश्वकप :

हेल्स र बटलर चम्कँदा इंग्ल्याण्ड फाइनलमा, भारतको लज्जास्पद हार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १६:५२

२४ कात्तिक, काठमाडौं । एलेक्स हेल्स र कप्तान जोस बटलरले शानदार ब्याटिङ गरेपछि भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना क्षती पूरा गरेको हो ।

भारत विरुद्ध हेल्स र बटरको विष्फोटक ब्याटिङ गर्दा भारतीय बलरहरु फिका देखिएका थिए । इंग्ल्याण्डका लागि हेल्सले ४७ बल खेल्दै ४ चौका र ७ छक्का मद्तमा अविजित ८६ रन बनाए ।

यस्तै बटलरले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ८० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्या र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

विष्फोटक ब्याटिङ गरेका हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर सर्वाधिक ६३ रन बनाए । कोहलीले ५० रन बनाउने क्रममा ४० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित शर्माले १७ र सूर्यकुमार यादवले १४ रन जोडे । केएल राहुल ५ र ररिषव पन्त ६ रनमा आउट भए ।

इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे ।

क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए ।

इंग्ल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएको थियो । फाइनल खेल आउने आइतबार मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ ।

सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो । २०१६ को फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित हँदै उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?