+
+

वसन्त गौचनको फुटबल एकेडेमी पोखरामा स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ११:५२

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर वसन्त गौचनले गृहनगर पोखरामा आफ्नै नामबाट फुटबल एकेडेमी सन्चालन ल्याएका छन् ।

दुई दशकदेखि जापानमा बस्दै आएका वसतको बीजी फुटबल एकेडेमी शनिबार उद्घाटन गरिएको हो । त्यसो त एकेडेमीमा ३ महिनाअघि देखि नै प्रशिक्षण सुरु भइसकेको छ ।

पोखरा महानगरपालिका २७ रिठ्ठेपानीमा अवस्थित एकेडेमी १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दिनको २ सय जनासम्मलाई प्रशिक्षण दिन सकिने एकेडेमीको निर्देशक पूर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङ र प्रमुख प्रशिक्षक शम्भु केसी छन् ।

अखिल नेपाल फुटबल संघका (एन्फा) वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङ र एकेडमीका अध्यक्ष बसन्त गौचनले एकेडेमीमा प्रशिक्षण लिइरहेका विज्ञान भाग्य भुजेललाई छात्रावृतिका साथै खेलकुद पोशाक प्रदान गरी एकेडेमीको उद्घाटन गरेका थिए ।

एन्फा केन्द्रीय उपाध्यक्ष खड्काले वसन्त गौचन एकेडेमीका लागि प्रशिक्षक, खेल सामाग्रीलगायतका सहयोग गर्न नेपाली फुटबलको सर्वोच्च निकाय तयार रहेको जनाए ।

नेपालको यू १६, यू २३ हुँदै बसन्त गौचन सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदबाट सुपरस्टार बनेका थिए । त्यसको लगत्तै जापान लागेका उनले जापानको फनरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण दिँदै आएका छन् । हाल उनले टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आएका छन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?