+
+

बानेश्वरको एउटै भवनबाट ४३ बोर्ड महानगरले हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते ११:५१

३० कात्तिक, काठमाडौं । काठमाडौं महानगरले धमाधम परिचय पाटी (बोर्ड)हटाउन थालेको छ । महानगर भित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ ।

पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए ।

मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ ।

पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालिमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाहपथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाएको थियो ।

३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए र ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाएको छ ।

यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । उनीहरुले भ¥याङ, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन महानगरले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?