+
+

नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ९:५१

५ मंसिर, नवलपुर । नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य रोकिएको थियो ।

अबेर साझ संघतर्फको प्रत्यक्ष समानुपातिक र प्रदेश तर्फको प्रत्यक्ष तर्फको मतदान गराइएको थियो । प्रदेश समानुपातिक तर्फको मतदान हिजो रद्द गरी आजका लागि पुन: मतदान गर्ने निर्णय गरिएको थियो ।

मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । यसैबीच अहिले बिहान १० बजेदेखि नवलपरासी पूर्व क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको मतगणना हुने भएको छ ।

क्षेत्र नम्बर १ को मतगणना देवचुलीको मतदान सकिएको २ घण्टाभित्र गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । मतगणना हुने सदरमुकाम कावासोतीस्थित कुमारवर्ती क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?