+

योग आसनले मधुमेह नियन्त्रणमा सहयोग गर्छ : योगाचार्य कमल पौडेल

२०७९ मंसिर  ६ गते १३:१७ २०७९ मंसिर ६ गते १३:१७
योग आसनले मधुमेह नियन्त्रणमा सहयोग गर्छ : योगाचार्य कमल पौडेल

जब हाम्रो शरीरको प्यान्क्रियाजमा पुग्ने इन्सुलिन कम हुन्छ, तब रगतमा ग्लुकोजको स्तर बढ्छ । यो अवस्थालाई मधुमेह वा चिनी रोग भनिन्छ ।

इन्सुलिन एक हर्मोन हो जुन पाचन ग्रन्थीद्वारा बन्छ । यसको काम भनेको खानालाई शरीरभित्र ऊर्जामा परिणत गर्नु हो । जब मधुमेह हुन्छ तब शरीरले खानालाई उर्जामा रुपान्तरण गर्न कठिन हुन्छ । यस्तो अवस्थामा ग्लुकोजको बढ्दो मात्राले शरीरका विभिन्न अंगहरूलाई नोक्सान गर्न थाल्छ ।

मधुमेह प्रायः वंशाणुगत, खराब जीवनशैली, तनावग्रस्त मानसिक स्थिती, शारीरिक गतिविधि कम हुनु जस्ता थुप्रै कारणले हुन्छ । अतः मधुमेहलाई प्राकृतिक विधीबाट नियन्त्रण गर्न सकिन्छ ? खासगरी योग–प्राणायाम जस्ता विधी अपनाएर मधुमेहलाई वशमा राख्न सकिएला ? यसै सेरोफेरोमा योगाचार्य कमल पौडेलसँग गरिएको कुराकानी ।

योग-प्राणायमले मधुमेह जस्ता दिर्घकालिन रोग निको पार्न सक्छ ?

बिरामीले एउटा औषधिको चक्की खानसाथ रोग ठीक हुन्छ भने जसरी योगलाई बुझ्न हुँदैन ।

योग भनेको वैकल्पिक थेरापी हो । यसले सबै रोग ठीक गर्छ भन्ने होइन । पहिले पहिले योगलाई सन्तुष्टि, आनन्द वा आत्मचिन्तनका लागि गरिने साधना भनेर बुझिन्थ्यो । अहिले भने मान्छेले योगलाई शारीरिक स्वास्थ्यसँग सरोकार राखेर हेर्ने गर्दछन् ।

यद्यपि योग त्यस्तो विधी होइन, जसले रोगी शरीरलाई च्वाट्टै निको बनाइदिन्छ । खासमा त यो जीवनशैलीको एक हिस्सा हो, जसले स्वस्थ जीवन बाँच्नका लागि ठोस योगदान दिन्छ । योग आज गर्ने र भोलि नै त्यसको नतिजा खोज्ने होइन । यो लामो र निरन्तर अभ्यास हो ।

जब हामी योगलाई दिनचर्याकै एउटा अंश बनाउँछौं, तब शरीरमा रोग लाग्ने संभावना नै न्युन भएर जान्छ । किनभने नियमित योगले शरीरलाई गतिशिल, सक्रिय, उर्जावान, तन्दुरुस्त र बलियो बनाउँछ । यस्तो शरीरमा रोग लाग्ने जोखिम एकदमै न्युन हुन्छ । यसबाट के बुझ्नुपर्छ भने, योग आफैमा त्यस्तो पूर्ण विधी हो जसले शरीरलाई हरबखत रोगमुक्त राख्छ ।

शरीर मात्र होइन, यसले मानसिक एवं भावनात्मक रुपमा पनि हामीलाई स्वस्थ राख्छ । यसका लागि सही खानपान, आचरण अनिवार्य हुन्छ ।

यद्यपि त्यस्ता केही योग आसन र प्राणायामका विधी छन्, जसले मधुमेह हुन नदिन वा भइसकेको अवस्थामा नियन्त्रण गर्न सहयोग गर्छ ।

मधुमेहका बिरामीले कस्तो आसन गर्नु पर्छ ?

मधुमेह नियन्त्रणका लागि केही योग आसन लाभदायक हुनसक्छ । जस्तो कि, अर्धमत्स्येन्द्रासन, भुजांगासान, पश्चिमोत्तानासन, धनुरासन, बालासन, शवासन, मुन्डुकासन । यी योग विधीले मांशपेसीलाई बलियो बनाउनका साथसाथै शरीरमा इन्सुलिनको उत्पादन सही राख्न मद्दत गर्छ । यससँगै पवनामुक्तासन, नौकासन आदि पनि लाभदायक मानिन्छ ।

आसन पछि प्राणायाम गर्न जरुरी छ ?

आसनहरु सक्काएपछि प्राणायाम गर्नुपर्छ । यसले मधुमेहका बिरामीको श्वासप्रश्वास प्रणालीलाई सन्तुलनमा राक्छ । सुर्य भेदन प्राणायाम, दाहिनेबाट श्वास लिने र दाहिनेबाट नै फाल्ने गर्नु पर्छ । यो प्राणायाम १५ मिनेट जति गर्नु पर्छ ।

त्यसपछि अलोम र विलोम गर्नु पर्छ । यो दाहिने नाकबाट श्वास लिएर देब्रे नाकबाट निकाल्ने विधी हो । मधुमेह तनावसँग पनि जोडिएकाले १५ मिनेटजति भ्रामरी गर्नु उचित हुन्छ । यी आसन, प्राणायामपछि केही मुद्रा गरेर ध्यान गर्न सकिन्छ ।

योग, मुद्रा र ध्यान कति प्रभावकारी ?

यो एकदमै प्रभावकारी हुन्छ । सबै प्रक्रिया सिक्दा राम्रो योग चिकित्सक र प्रशिक्षकसँग गरेर लयबद्ध तरिकाले गर्दा एकदमै प्रभावकारी हुन्छ । यसका लागि धैर्यता भने जरुरी छ ।

योग गर्नु अघि परामर्श आवश्यक छ ?

शरीरको प्रकृति सबैको फरक फरक हुन्छ । सबैजना योग भर पर्ने र सबै आसन सबैको लागि उपयोगी नहुने भएको कारण शरीरको अवस्थालाई मध्यनजर गरेर योगाचार्य, योग परिक्षकसंग सल्लाह गरेर मात्र कुनैपनि योग सुरु गर्न सकिन्छ ।

मधुमेह भएकाले गर्न नहुने  आसनहरु के छन् ?

वृक्षासन, मयूर आशन, हनुमान आसनहरु गर्न हुँदैन।

जीवनशैली मधुमेह योग
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय