+
+

सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १०:३९

७ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाउने गरिन्छ । दिउँसो सो कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

दोश्रो दिन भोलि बिहीबार फूलबारी लीला, शुक्रबार धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको विदाई गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।

यस पटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने कार्यक्रम रहेको छ । प्रमुख अतिथिको रुपमा उनी मंसिर ११ र १२ गते सहभागी हुने कार्यक्रम रहेकाले विशेष रुपले विवाहपञ्चमी मनाइने सह महन्त दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?