+

टिमुरमा मुखको क्यान्सर रोक्नसक्ने गुण हुन्छ : डा. अच्युत अधिकारी

२०७९ मंसिर  ८ गते १४:५३ २०७९ मंसिर ८ गते १४:५३
टिमुरमा मुखको क्यान्सर रोक्नसक्ने गुण हुन्छ : डा. अच्युत अधिकारी

मीठो स्वाद र बास्ना हुने टिमुर नेपाली भान्सामा मसलाको रूपमा प्रयोग हुन्छ । धेरैले यसलाई घरेलु औषधिको रूपमा पनि प्रयोग गर्छन् । टिमुरको प्रयोग अचारमा बढी हुने गर्छ । टिमुर मानव जीवनलाई चाहिने महत्त्वपूर्ण औषधीय गुण भएको प्रजाति हो । टिमुर स्वादका लागि मात्र हो वा यसमा औषधिय गुणपनि हुन्छ ? टिमुर कस्तो अवस्थामा खान सकिन्छ, कस्तो अवस्थामा हुँदैन ? यिनै विषयमा औषधियुक्त वनस्पतीको उपयोगसम्बन्धी विषयमा विद्यावारिधी गरेका त्रिभुवन विश्वविद्यालय किर्तिपुरका रशायन शास्त्रका उपप्रध्यापक डा.अच्युत अधिकारीसँग गरिएको कुराकानी

नेपालमा पाइने टिमुर कति प्रकारका छन् ? 

नेपालमा पाइने टिमुर मुख्यतया दुई प्रकारका छन्  बोके र शिल टिमुर । धेरै मात्रामा बोक टिमुर पाइन्छ । बोके टिमुरमा चार पाँच वटा प्रकार नेपालमा पाइएको छ । नेपालमा अन्य प्रकारको टिमुरहरू होला तर त्यसको अनुसन्धान भएको छैन ।

टिमुर मसला वा औषधि ?

टिमुर वास्तवमा मसला नै हो । आयुर्वेदमा भने यसलाई औषधीको रूपमा पनि प्रयोग गरेको पाइन्छ । एलोपेथीमा भने यसलाई औषधी भन्न मिल्दैन । यसलाई ‘हर्बल सप्लिमेन्ट’को रूपमा भने प्रयोग गर्न सकिन्छ । यो पूर्ण रूपमा औषधी होइन । तर, केही रोगमा सन्तुलन कायम राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले सहयोग गर्छ ।

टिमुरमा के कस्ता तत्त्व वा गुण हुन्छन् ?

टिमुरबाट सुगन्धित तेल निस्कन्छ र यसमा विभिन्न रासायनिक यौगिकहरू पनि हुन्छ । टिमुरमा दुखाई कम गर्ने, शरीरमा भएका नराम्रो कीटाणुलाई मार्ने र मुखको क्यान्सर रोक्ने लगायतको गुणहरू हुन्छ ।

राम्रो टिमुरको स्वाद कस्तो हुन्छ ?

राम्रो टिमुरको स्वाद हावापानी अनुसार फरक पर्न सक्छ । तर, राम्रो टिमुरको स्वाद पिरो र परपराउने खालको हुन्छ ।

टिमुरले स्वास्थ्यलाई के फाइदा गर्छ ?

टिमुरबाट निकालिएको सुगन्धित तेल दाँतमा किरा लाग्नबाट बचाउँछ । विभिन्न प्रकारको किराहरूको टोकाइबाट बच्न पनि टिमुरको तेल प्रयोग गर्न सकिन्छ । टिमुरले कलेजोको सुरक्षा गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्ने, फुड पोइजनिङ गर्ने कीटाणुलाई मार्ने , दुखाई कम गर्ने र मुखको क्यान्सरलाई रोक्ने लगायतको स्वास्थ फाइदा हुन्छ ।

टिमुर के कस्ता खानेकुरामा मिसाउन सकिन्छ ?

टिमुरलाई अचारमा, माछा, मासु, बियर, ससहरूमा,  चाउचाउको मसला आदिमा प्रयोग गर्न सकिन्छ । जुन खानेकुरामा खुर्सानीको प्रयोग गर्न सकिन्छ त्यस्ता खानेकुरामा  पिरो र स्वादको लागि टिमुर मिसाउन सकिन्छ ।

टिमुर दैनिक कति मात्रामा खानुपर्छ ?

टिमुर कति मात्रामा प्रयोग गर्ने भन्ने सबैभन्दा ठुलो समस्या हो । टिमुरको प्रयोग धेरै गर्न हुँदैन तर कति मात्रामा गर्ने त भन्ने कुराको अध्ययन भएको छैन । लामो समय देखी हामीले अचारमा लगभग ६ देखी ८ दाना टिमुर हाल्दै आएका छौ र त्यसले हाम्रो शरीरलाई नराम्रो असर गरेको छैन भनेपछि त्यो मात्रा राम्रो हो । दैनिक थोरै मात्रामा मात्र टिमुरको खानुपर्छ ।

टिमुरको कुनै साइड इफेक्ट हुन्छ वा हुँदैन ?

कुनै पनि कुरा धेरै मात्रामा प्रयोग गर्दा त्यसको साइड इफेक्ट हुन्छ । त्यस्तै टिमुरको प्रयोग पनि धेरै मात्रामा गरियो भने त्यसले कलेजोलाई असर गर्न सक्छ ।

कतिपय रोगमा टिमुर खान नहुने वा कतिपय रोगमा टिमुर औषधि हुन्छ ?

मलद्वार सम्बन्धी समस्या पायल्स, फिसर र फिस्टुला लगायतका समस्यामा टिमुर खानु हुँदैन । पेटको विकार हटाउन, हाड जोर्नी दुख्दा र लेक लाग्दा टिमुरलाई औषधीको रूपमा प्रयोग गर्न सकिन्छ ।

टिमुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?