+
+

ओस्कार ‘क्याम्पेन’ स्थगित गर्दै अमेरिकाबाट फर्किए ‘ऐना झ्यालको पुतली’का निर्माता

अभियानमा एकदेखि २० करोडसम्म खर्च हुने रहेछ : निर्माता पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १५:५७

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डमा सिफारिस हुँदा खुसीको माहोल थियो । राम्रो फिल्मलाई विश्व फिल्मको सर्वोच्च अवार्डमा पठाइँदा धेरैले प्रशंसा पनि गरे ।

आफ्नो फिल्मलाई ओस्कारमा पठाइँदा हौसिएका निर्माता ओस्कार मतदातासामु प्रचारप्रसार गर्न अमेरिकी सहर लस एन्जलस पनि पुगे । त्यहाँ उनले एक महिना रहेर ओस्कार अभियान चलाउन प्रयत्न गरे ।

तर संसारका ठूला फिल्म उद्योग, स्टुडियो र ब्राण्डसामु आफूहरुले अभियान चलाउन सक्ने छाँट नदेखेपछि निर्माता ओस्कार क्याम्पेनलाई स्थगित गर्दै स्वदेश फर्किएका छन् ।

फिल्म ओस्कारमा सिफारिस हुने बित्तिकै क्याम्पेन योजनासहित निर्माता रामकृष्ण पोखरेल हलिउड सहर लस एन्जलस पुगेका थिए । त्यहाँ प्रचारप्रसार गर्ने, हलमा फिल्म स्क्रिनिङ गर्नेदेखि मतदातासामु अभियान चलाउने योजना उनको थियो ।

ओस्कार अभियान स्थगित गर्दै निर्माता पोखरेल काठमाडौं फर्किएका छन् । ‘टन्नै पैसा हुनेले मात्र ओस्कारमा क्याम्पेन चलाउन सक्ने रहेछन् । हामीले सकेनौं र फर्किएँ,’ निर्माता पोखरेलले अनलाइनखबरसँग भने, ‘ठूला फिल्म र स्टुडियोसामु हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेन ।’

ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधातर्फ यसपटक संसारका नामी फिल्म निर्देशकदेखि ठूला देशका फिल्महरु प्रतिस्पर्धामा छन् । भेराइटी म्यागजिनले त यसपटकको अन्तर्राष्ट्रिय फिचर विधालाई यस दशककै कठिन प्रतिस्पर्धा हुने भनेर लेखिसकेको छ ।

‘मतदातालाई प्रभावित बनाउन ठूला देशहरु टन्नै पैसा खन्याउन तयार छन् । एक करोडदेखि २० करोडसम्मै खर्च हुने देखियो । हामी व्यक्तिगत रुपमा लाग्नेभन्दा पनि सरकारी तहबाटै यो सम्भव हुनसक्छ,’ उनले भने ।

अन्य मुलुकका फिल्म निर्मातालाई सरकारले पैसा दिएर ओस्कार क्याम्पेन गर्न पठाएको आफूले पाएको उनले बताए । ‘नेपाल सरकार पनि यसतर्फ अब गम्भीर हुनुपर्छ यदि नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने हो भने,’ पोखरेलले भने ।

सुजित बिडारी निर्देशित फिल्मले नेपालमा उत्कृष्ट समीक्षा प्राप्त गरेको छ । समीक्षकले दशककै बेस्ट फिल्मको रुपमा यसको प्रशंसा गरेका छन् । बुसान फेस्टिभलमा प्रिमियर भएको फिल्मले यसपटक ओस्कारमा दबदबा कायम गर्ने आशा छ ।

यद्यपि, ओस्कारजस्ता ठूला अमेरिकी अवार्डमा विज्ञापन र प्रचारप्रसारको ठूलो भूमिका हुन्छ । मतदातालाई प्रभावित तुल्याउन क्याम्पेन चलाउने कार्यमा विदेशी फिल्म निर्माताहरु लाग्छन् । यसतर्फ चलचित्र विकास बोर्डले ध्यान नदिएको नेपाली निर्माताको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?