+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
कविता :

श्राप

श्याम गैरे श्याम गैरे
२०७९ मंसिर १३ गते ११:४७

उसले एक दिन

हिमालमा शीतका थोपाहरु टिप्दै थियो

उसको छेडेको गरिबीमा लगाउनलाई

एक दिन शीतलाई

गरिबीले छेडिएको

उसको मनमा लगाउँदै मात्र के थियो

आधी फुट्यो

उसको मनबाट

तर पनि ऊसँग टाल्ने केही थिएन

सिवाय भुमरिएका भावना

सँगैको घाइते सिपाही

अनि घाइते सिपाहीलाई सोध्यो उसले

मित्र,

मेरो मनको चित्र

हिमताल फुटेको रहस्य

खोज्न हिंड्दा हिंड्दै

मेरो गरिबीको रेखा कहिले मेटिन्छ ?

जवाफमा मित्रले भन्यो- त्यही हिमनदीको श्राप लागेपछि

 त्यसैले त अहिले ऊ फूलमाला पहिरिंदै छ धनी जल्ने चित्तमा ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?