+
+

‘पुष्पा’को प्रिमियरका लागि रुस पुगे अल्लु अर्जुन र रश्मिका मन्दाना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १३:०४

काठमाडौं । तेलुगू स्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना आफूहरु अभिनित ब्लकबस्टर फिल्म ‘पुष्पा : द राइज’को प्रिमियरका लागि रुसको राजधानी मस्को पुगेका छन् ।

हलिउडसहित पश्चिमा मुलुकका फिल्म उद्योग र फेस्टिभलले प्रतिबन्ध लगाएको बेला भारतले भने रुससँग हार्दिक सम्बन्ध कायमै राखेको छ । जसअनुसार मस्कोमा भारतीय फिल्म रिलिज भइरहेका छन् ।

‘पुष्पा’ आगामी डिसेम्बर ८ मा रुसी भाषामै प्रदर्शन हुँदैछ । रुस विश्व फिल्मको ठूलोमध्येको बजार हो । युक्रेनमाथि रुसले हमला गरेयता हलिउडले रुसमा फिल्म रिलिजमा प्रतिबन्ध लगाइरहेको छ ।

मस्कोमा अवतरण भएपछि सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र रश्मिका खुसी देखिन्छन् । विमानस्थलमा अल्लुले सेतो सर्ट र कालो पाइन्ट लगाएका छन् ।

डिसेम्बर १ मा मस्को र ३ तारिखमा अर्को रुसी सहर सेन्ट पिटर्सबर्गमा फिल्मको प्रिमियर हुँदैछ । सुुकुमार निर्देशित फिल्ममा अल्लुले रक्तचन्दन तस्करी गर्ने लोरी चालकको भूमिका निर्वाह गरेका छन् ।

मुख्य भाषा तेलुगू भए पनि हिन्दी, तमिल, मलायलमसहितका अन्य भाषामा फिल्म रिलिज भएको थियो । नेपाली बक्स अफिसमा समेत फिल्मले राम्रो कमाइ गरेको थियो ।

अहिले ‘पुष्पा २’ को छायांकन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?