+
+

आर्यन सिग्देलको ‘सायरा’लाई भारतीय कम्पनीले विश्वव्यापी रिलिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते ११:४९

काठमाडौं । भारतीय निर्देशक विशाल देसाईले निर्देशन गर्ने फिल्म ‘सायरा’ विश्वव्यापी प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘विश्वव्यापी रिलिज’बारे सम्झौता गरेका छन् । ‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रवर्द्धन गर्नेछ ।

सम्झौताले फिल्म निर्माणमा आफूहरुलाई मद्दत पुगेको उनले बताए । कम्पनीका प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

‘नेपाली फिल्मको निर्माणले अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौं,’ चौधरीले भने, ‘इण्डो-नेपाली फिल्म भएकाले हामीले यसबाट धेरै आशा राखेका छौं ।’

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् ।

नेपाली ब्यानर डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुँदैछ ।

यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण व्यावसायिक फिल्म निर्माण गर्न लागेको बताए । फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन आफू अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपछि ‘सायरा’ छायांकनमा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?