+
+
Shares
कविता :

स्वदेशको पीर

लीलाधर कँडेल लीलाधर कँडेल
२०७९ मंसिर १८ गते १६:२९

स्वदेशको चिन्ता परी सुत्दा निद्रा लाउन्न

भोक प्यास हराएर खान मन लाउन्न

मन सधैं आत्तिरहन्छ हुन्छ छटपटी

मुटुभित्र आगोले झैं पोल्छ भत्भती

डाक्टरले थाहा पाउँछन् भनी के रोग लाग्यो

भोक, प्यास, निन्द्रा सबै किन मेरो भाग्यो ?

देशका लागि केही गर्छु भनी अघि सर्दा

साथ दिने कोही छैन मलाई आपत् पर्दा

आलसतालस हुन्छ मन कहिल्यै छैन थिर

किन मलाई पारिरहन्छ स्वदेशकै पीर ?

स्वदेशमै विकास भएको देख्न चाहन्छ मन

विकासभन्दा विनाश पो देख्नै पर्‍यो झन्

आफ्नै भाइ नेपाली पराईसँग लाई

खुट्टा तान्न तत्पर छ आफ्नै भाइलाई

देशका सबै सम्पदाको संरक्षण गरी

सबै एकजुट भएको देख्न पाइयोस् घरीघरी

नसरी अघि पछाडि सर्छ

पछाडि बसी खूब कुरा काट्छ

कसैले काम गर्न लागे

बखडा झिकी भड्काउन थाल्छ

ए हजुर, जेगरेनी छोडी जानै पर्छ

यो कविता मन्थन गर्दा किन आँसु झर्छ ?

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?