+
+

अर्थतन्त्रको समस्या समाधान गर्न ओली र प्रचण्डसँग निजी क्षेत्रको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १२:१७

२० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले एमाले र माओवादी अध्यक्षलाई भेटेर अर्थतन्त्रको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सोमबार महासंघको प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुुष्पकमल दाहाललाई छुट्टा छुट्टै भेट गर्दै अर्थतन्त्र जोखिमोन्मुख रहेको गुनासो गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले ओली र प्रचण्डलाई निवासमै भेट गरेको थियो ।

सो भेटमा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौदि्रक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको गुनासो दुवै नेतालाई गरेका थिए । अर्थतन्त्रको समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गर्दै महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरेका थिए ।

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै संकुचित हुदै गएकोतर्फ गोल्छाले चिन्ता व्यक्त गरेका थिए ।

सो अवसरमा महासंघकातर्फबाट ओली र दाहाललाई अर्थतन्त्र सुधारमा चाल्नु पर्ने कदमबारे सुुझाव समेत पेश गरेको थियो । जसमा निजी क्षेत्रको लगानी संकुचित भै राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको, व्याजदरको उतारचढाव, राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक असहजता, अन्तराष्ट्रिय रुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स फ्रेट शुल्कमा समेत बृद्धि भएको उल्लेख छ ।

जसले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालु पूँजीको वास्तविक आवश्यक सीमा निर्धारण बीच तादाम्यता नमिल्ने र चालु पूँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएको महासंघले जनाएको छ ।

दक्षिण एशियामै नेपालको अन्तराष्ट्रिय व्यापारमा लाग्ने समय वढि भएर चौतर्फी समस्या भोगिरहेको अवस्थामा मार्गदर्शन तत्काल कार्यान्वयन गर्न नसकिने भन्दै महासंघले उद्योगहरूलाई यसले थप प्रभावित पारेको बताएको थियो ।

महासंघले चालु पूजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई बर्ष स्थगन गर्न, दुई बर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्था सुधारको पहल गर्न पनि महासंघले ओली र दाहाललाई ध्यानाकर्षण गराएको थियो ।

सो अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकोतर्फ आफू पनि चिन्तित रहेको बताएक्ा थिए । महासंघले राखेका सबै सुुझावहरू जायज रहेका र तीनको संवोधन गर्न आफ्नो पार्टीले पुरा सहयोग गर्ने प्रतिवद्धता पनि ओलीले जनाए ।

‘छिट्टै तपाई उद्यमी व्यवसायी साथीहरूसँग बसेर यस विषयमा थप छलफल गर्छु,’ ओलीले भने, ‘अर्थतन्त्रलाई सही दिशामा ल्याउनेतर्फ राजनीतिक दलहरू बढी क्रियाशिल हुनुुपर्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै महासंघले अर्थतन्त्र जोगाउन गरेको पहलमा आफ्नो पुरा सहयोग रहने विश्वास हुन्छ ।’

यस्तै माओवादीका अध्यक्ष प्रचण्डले देशको आर्थिक अवस्थालाई कसरी माथि लैजान सकिन्छ र अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्ने वारेमा आफूपनि गम्भीर रहेको बताएका थिए । अध्यक्ष प्रचण्डले समस्या समाधानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको भन्दै राजनीतिक नेतृत्वकोहिसावले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान र एफएनसीसीआईका सुुझाव कार्यान्वयनमा आफ्नो विशेष सहयोग रहने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?