+
+

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

रासस रासस
२०७९ मंसिर २६ गते १८:१९

२६ मङ्सिर, मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।

जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए ।

‘विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा कपडा ओढाइएको छ’, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, ‘निरमायाको शव घरभित्रै छ तर काठको प्वालबाट घरभित्र हेर्दा उनको खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौं ।’

मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौंमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?