+
+

रास्वपा, जनमत र नागरिक उन्मुक्तिको उदय सुुनियोजित : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते २१:०१

२७ मंसिर, पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेल आम चुनावबाट उदाएका नयाँ पार्टीहरुमाथि गम्भीर आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयलाई नेपाल विरोधी शक्तिको सुुनियोजित योजनाको संज्ञा दिएका हुन् ।

पार्टीका नवनिर्वाचित जनप्रतिनिधिका लागि मंगलबार पोखरामा आयोजित बधाई तथा शुुभकामना कार्यक्रममा पोखरेलले राष्ट्रिय पार्टीहरुप्रति जनताको बढ्दो आकर्षणलाई ‘डाइभर्ट’ गर्न नियोजित चाल चालिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव पूूर्वाधार, आर्थिक एवं सामाजिक हिसाबले राज्यको धेरै सुुविधा लिएको ठाउँमा मात्रै परेको उनले सुनाए । ‘पूूर्वाधार हिसाबले अगाडि बढेको मोरङ, झापा, रुपन्देही, दाङ जस्ता ठाउँमा स्वतन्त्र पार्टीको प्रभाव बढेको देख्छौं’ उनले प्रश्न गरे, ‘राज्यले ध्यान दिन नसकेको ठाउँ कर्णालीमा स्वतन्त्र पार्टीको प्रभाव देखिन्छ ? दुुर्गम पहाडी जिल्लाहरुका स्वतन्त्र पार्टी देखिन्छ ? तराई मधेशमा स्वतन्त्र पार्टी देखिन्छ ? देखिँदैन ।’

यसको सही विश्लेषण गर्नुुपर्ने भन्दै महासचिव पोखरेलले अगाडि थपे, ‘सहरिया मध्यम वर्गलाई राष्ट्रिय पार्टीबाट अलग गर्ने एउटा नियोजित चाल यो निर्वाचनका क्रममा सफल भएको छ ।’

मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टी तथा पश्चिम तराईमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुुक्त पार्टीको उदयलाई पनि उनले नेपाली विरोधी शक्तिको खेल भनेका छन् । नेपाली राजनीतिलाई फेरि क्षेत्रीयतातर्फ धकेल्न खोजिएको भन्दै उनले भने, ‘पूूर्वी तराईमा जनमत पार्टीले कसरी सिट जित्यो त्यो धेरै भन्नुु नपर्ला ।’

रेशम चौधरी थारु भएकै कारण जेलमा रहेको भनेर पश्चिम तराईमा जनमत विभाजित गरिएको उनले सुनाए । ‘अनेक राजनीतिक घटनाका अभियुुक्तलाई राज्यले छोड्यो । थारुकै छोरा भएका कारणले रेशम चौधरी जेलमा बस्नुुप¥या छ भन्ने एजेन्डाका नाममा एउटा पार्टी निर्माण गरियो’, उनले भने, ‘त्यही पार्टीले जनमतलाई विभाजित गरिदियो ।’

एमाले महासचिव पोखरेलले राजनीतिक धुुव्रीकरण हुुन जरुरी भएपनि अहिले राष्ट्रिय पार्टी घट्नुको साटो बढेको र ‘हङ पार्लियामेन्ट’ हुुने सम्भावना रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?