+
+

राप्ती गाउँपालिकामा उज्ज्यालो अभियान, राजमार्गमा स्मार्ट बत्ती जडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:५९

५ पुस, देउखुरी । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिकामा ‘उज्ज्यालो राप्ती’ अभियान सुरु भएको छ । गाउँपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्ग खण्डलाई सडक बत्तीमार्फत उज्ज्यालो बनाउने गरी यो अभियान सुरु गरिएको हो ।

वडा नं. १ को भालुवाङदेखि वडा नं. ५ को सिंगेखोलासम्मको करिब १५ किलोमिटर खण्डमा १५० भन्दा बढी ‘सेन्सर’युक्त ‘स्मार्ट’ सडक बत्तीहरू जडान गर्ने गरी उज्यालो राप्ती अभियानको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । यही खण्डमा लुम्बिनी प्रदेश राजधानीको मुख्य क्षेत्र पर्दछ ।

सडक बत्ती जडानले गाउँपालिकालाई थप सुरक्षित र सुन्दर हुने गाउँपालिकाको विश्वास छ । ‘भएपछि पैदल यात्रा गर्न सहज, सडक दुर्घटना न्यूनीकरण र अपराधिक क्रियाकलापहरुबाट जोगिन पनि उज्ज्यालो अभियानले सहयोग पुग्ने विश्वास छ,’ अध्यक्ष विष्टले भने ।

उज्ज्यालो अभियानका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले आर्थिक सहयोग गरेको अध्यक्ष विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?