+
+

राइट टु प्रोटिन रनको दोस्रो संस्करण माघ ७ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १६:२८

७ पुस, काठमाडौं । प्रोटिनबारे जन चेतना जगाउने उद्देश्यले दोस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्यारथन प्रतियोगिता माघ ७ गते हुने भएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनले आम मानिसहरुलाई प्रोटिनयुक्त खानाको महत्व बुझाउन यो म्यारथनको आयोजना गर्न लागेको बताएको छ ।

दशरथ रंगशालाबाट सुरुहुने दौडमा विभिन्न विधाका गरि सकेसम्म ५ हजार र नसके ३ हजार जनाको सहभागिता गराउने लक्ष्य रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा भेटेनरी एशोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिए ।

खुल्ला हाफ म्याराथन महिला र पुरुष, पुरुष १० किमी खुल्ला, महिला ५ किमी खुल्ला , १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमता भएकाहरुका लागि ह्वीलचेयर दौड गरि सात विधामा प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगिगताको कुल पुरस्कार रकम १३ लाख ७६ हजार ६६६ छ । जस अनुसार हाफ म्याराथनको उपाधि जित्नेले १ लाख रुपैयाँ पाउने छन् भने पाँच औं स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ ।

प्रतियोगितामा नेपाल दाना उद्योग संघ, हस्पिटल पार्टनर प्राइम हस्पिटल, साउन्ड पार्टनर आइएसएस प्रालि, हस्पिटालिटी पार्टनर मेरियोट काठमाडौं लगयातका संस्थाहरुको साथ सहयोग रहेको पनि अध्यक्ष श्रेष्ठले  बताए ।

यो प्रतियोगितालाई नेपाल एथ्लेटिक्स एशोसिएसनले मान्यता दिएको र त्यसमा प्राविधिक सहयोग रहने छ ।

रन फर प्रोटिन नाममा पहिलो संस्करण भए पनि यसपटक राइट टु प्रोटिन नाममा प्रतियोगिता सञ्चालन हुन लागेकहो ।

दौडमा सहभागी हुनेहरुले ईसेवाबाट ३ सय रुपैयाँ तिरेर आफ्ना नाम रजिष्ट्रेशन गर्न सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?