+
+

‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते ११:५७

काठमाडौँ । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् ।

जसअनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् ।

नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?