+
+

पार्टीमा सल्लाह गर्छु भनेर बालकोट बैठकबाट निस्किए अशोक राई

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १४:५१

१० पुस, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए । जसपाको बैठक आइतबार दिउँसो नै बस्दैछ ।

बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?