
१० पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीलाई काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको छ ।
चिनियाँ राजदूतावासले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत माओवादी केन्द्रका अध्यष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई,’ दूतावासले ट्वीटरमा उल्लेख गरेको छ ।
नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा भाग लिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार विपक्षी कम्युनिस्ट पार्टी एमालेलगायत राप्रपा र नयाँ उदाएका दल तथा स्वतन्त्र सांसदहरूको समर्थनमा राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
उनले दाबी पेश गरेको केही समयमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4