+
+

अनन्त तामाङ बने सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १६:५८

१२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि दिँदै आएको सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी यस वर्ष अनन्त तामाङले पाउने भएका छन् । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् ।

सहाराले आहारारा गोल्डकपको अवसरमा उक्त उपाधि बर्सेनि एकजना खेलाडीलाई दिँदै आएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहाराले २२ औं आहा रारा पोखरा फुटबल गोल्डकपमा तामाङलाई पुरस्कार वितरण गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

तामाङलाई ५० हजार ५ रुपैयाँसहित वर्षोत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ । यसअघि उक्त उपाधिको ३५ हजार रुपैयाँ पुरस्कार राशी थियो ।

यसअघि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट पुरस्कृत भइसकेका छन् ।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पुस १४ देखि २३ गतेसम्म हुँदैछ । प्रतियोगितामा आयोजक सहारा क्लबसँगै १० समूहले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा एक अन्तर्राष्ट्रिय, दुई विभागीयसहित १० टिम सहभागी हुने प्रतियोगिता संयोजक केशवराज बरालले जानकारी दिए । प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनियन फुटबल क्लब, धरान फुटबल क्लब र भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सहभागी हुँदैछन् ।

पुस १४ गतेको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीच हुनेछ । आहा रारा गोल्डकपमा आयोजक सहारा र धरानबीच उद्घाटन खेलमा १२ वर्षपछि आमनेसामने हुन लागेका हुन् ।

यसअघि दशौं संस्करणमा सहारा र धरानबीच भएको खेलमा आयोजक सहाराले धरानलाई १–० गोल अन्तरले पराजित गरेको थियो । त्यसअिघ नवौं संस्करणको उद्घाटन खेलमा पनि दुवै टिम भिडेका थिए । उक्त खेलमा पनि सहाराले २–१ गोल अन्तरले धरानलाई हराएको थियो ।

यसवर्षदेखि प्रतियोगिता विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रथम पुरस्कारमा अघिल्लो संस्करणभन्दा २ लाख रुपैयाँ र उपविजेता पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो ।

आहा राराको पहिलो संस्करण २०५८ सालमा ‘क्याराभान कप’बाट सुरु भएको थियो । क्याराभान कपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको थियो । गत वर्ष भएको २१ औं संस्करण पनि विभागीय टिम एपीएफले जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?