+
+

एकीकृत समाजवादीको पोलिटव्युरो बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ८:५२

१८ पुस, काठमाडौं । सरकारबारे धारणा बनाउन नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा नयाँ सरकारप्रतिको धारणा, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार गठन गरे पनि एकीकृत समाजवादीले एकीकृत धारणा तय गर्न बाँकी छ । यद्यपि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले अनलाइनखबरसँगको अन्तर्वार्तामा कांग्रेस र माओवादीबाट आफूले धोका पाएको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?