+
+

मिस युनिभर्समा नेपालको ‘नेसनल कस्ट्युम’, देवीको अवतारमा सोफिया

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १३:२६

काठमाडौं । नेपालले यसपटकको मिस युनिभर्स प्रतियोगिता देवीको अवतारसहितको ‘नेसनल कस्ट्युम’ प्रस्तुत गर्ने भएको छ ।

मिस युनिभर्स नेपाल सोफिया भुजेलले त्रिशूल समातेकी देवीको लुक्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले यो कस्ट्युम डिजाइन गरेको हो ।

यो पहिरनले सृष्टिको मुहानको रुपमा नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिन खोजेको मिस युनिभर्सद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

‘रातो रङले रगत र सृष्टिको शक्तिलाई जनाउँछ । त्रिशूलले सृष्टि, जीवन र मृत्युको त्रिमूर्तिलाई प्रतिनिधित्व गर्छ । अन्य प्रप्सले भौतिक शरीरले कसरी ब्रह्माण्डमा जादू सिर्जना गर्छन् भन्ने सन्देश दिन चाहेको छ,’ वक्तव्यमा भनिएको छ ।

‘यो पहिरनले हामीलाई हाम्रो आफ्नै शक्तिको स्मरण गराउँछ । यसले हरेक महिला असीम ऊर्जाका स्रोत हुन् भन्ने तथ्यलाई दोहोर्‍याउँछ । यो उत्कृष्ट कृति जीवनको उत्सव हो,’ मिस युनिभर्सले उल्लेख गरेको छ ।

नेपाल प्राचीन इतिहास र परम्पराले धनी देश भएको उल्लेख गर्दै युनिभर्सले शताब्दीयौंदेखि नेपालमा नारी शक्तिलाई पुजिने परम्परा रहेको जनाइएको छ ।

मिस युनिभर्सको ७१ औं संस्करण जनवरी १४ मा अमेरिकाको न्यू अर्लियन्समा हुँदैछ । नेपालको प्रतिनिधित्व गर्दै सोफिया यसै साता अमेरिकातर्फ प्रस्थान गरेकी छन् ।

एसियाली मुलुक थाइल्याण्डले मिस युनिभर्सको स्वामित्व लिएपछिको यो पहिलो मिस संस्करण हो ।  

तस्वीर सौजन्य : मिस युनिभर्स नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?