गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी हुन्छ जेडेल इम्प्लान्ट ?

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी हुन्छ जेडेल इम्प्लान्ट ?

काठमाडौं । आजको युवापुस्ता योजनाबद्ध जीवन जिउन चाहन्छ । करिअरमा अघि बढ्नुका साथै आफ्नो व्यक्तिगत जीवनका विभिन्न योजना उनीहरु बनाउँछन् ।

विवाह कहिले गर्ने ? सन्तान कहिले, कति जना जन्माउने ? जस्ता जीवनका महत्वपूर्ण योजना बनाइरहेका हुन्छन् । केही दशकअघिसम्म यस्तो योजना सायदैले बनाउँथे होलान् ।

विवाह भयो, तत्काल सन्तानको योजना छैन तर गर्भ रह्यो भने यस्तो बेला के गर्ने भनेर अहिले धेरै घोत्लिरहनुपर्दैन । चिकित्सा विज्ञानले आकस्मिक गर्भनिरोधका विभिन्न उपाय दिएको छ । अहिले धेरै किसिमका गर्भनिरोधक अस्थायी साधन उपलब्ध छन्, जसमध्ये राम्रो विकल्प जेडेल इम्प्लान्ट पनि हुन सक्छ ।

जेडेल इम्प्लान्ट कस्तो खालको गर्भनिरोधक साधन हो ? यसको प्रभावकारिता कति छ, कुनै साइड–इफेक्ट छ कि ? प्रयोग कसरी गर्ने ? लगायत विषयमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका त्रिपाठीसँग गरिएको कुराकानी :

जेडेल इम्प्लान्ट कस्तो खालको गर्भनिरोधक साधन हो ?

जेडेल गर्भनिरोधकको अस्थायी साधनमध्ये सबैभन्दा उपयुक्त अस्थायी साधन हो । यो  एक इम्प्लान्टमध्ये एक हो । इम्प्लान्ट धेरै किसिमका हुन्छन्, जसमध्ये नेपालमा इन्डोप्लान्ट,  नरप्लान्ट र जेडेल प्रयोगमा छन् । जेडेलमा सिन्थेटिक प्रोजेस्टेरोन लेभोनर जेस्ट्रोल हर्मोनले भरिएको हुन्छ । इम्प्लान्टमध्ये सबैभन्दा प्रभावकारी जेडेल मानिन्छ ।

गर्भनिरोधको लागि जेडेल नै किन ?

गर्भनिरोधक साधनमा इस्ट्रोजन र प्रोस्ट्रेजन हार्मोन हुन्छ । दुई हार्मोनमध्ये इस्ट्रोजनले साइड इफेक्ट बढी गराउँछ । तर यी इम्प्लान्टको यन्त्रमा प्रोस्ट्रेजन हार्मोन मात्र हुन्छ । जसले साइड इफेक्ट निकै न्यून हुन्छ । त्यस्तै एचआईभी संक्रमित, स्तनपान गराइराखेका र भर्खरै शिशु जन्माएका महिलाका लागि पनि यो सुरक्षित मानिन्छ । र, सन्तानको आवश्यकता परेको खण्डमा जुनसुकै बेला निकाल्न सकिन्छ । र, तुरुन्त गर्भ पनि बस्छ ।

नरप्लान्टभन्दा के कारणले यो बढी उपयोगी छ ?

इम्प्लान्टमा सबैभन्दा पहिला नरप्लान्ट आएको हो । यसमा महिनावारी भइसकेपछि ६ वटा क्याप्सुल पाखुरामा राखिन्छ । जुन अब पुरानो विधि भइसक्यो । जेडेलको काम नरप्लान्टको जस्तै भए पनि दुईवटा मात्रै क्याप्सुल राख्नुपर्ने भएकाले यसलाई बढी रुचाइएको छ ।

जेडेलले कति अवधिसम्म काम गर्छ ?

जेडेल र नरप्लान्ट दुवैको अवधि पाँच वर्षको हुन्छ भने इन्डोप्लान्ट तीन वर्षको लागि राखिन्छ । यी साधन जुनसुकै बेलामा निकाल्न सकिन्छ । तर अत्यधिक मोटोपन भएका महिलामा लामो समयसम्म राख्दा असर गर्न पनि सक्छ । त्यसैले ८० किलोभन्दा बढी तौल छ भने पाँच वर्ष नपुग्दै निकाल्नुपर्छ ।

कसरी राखिन्छ ?

जेडेल राख्नको लागि दक्ष व्यक्ति चाहिन्छ । महिनावारी भएको पाँच दिनभित्र यसलाई राख्नुपर्ने हुन्छ । जेडेलको क्याप्सुल हातमा राखिने हुँदा जुन हात कम सक्रिय हुन्छ त्यसमै राख्नुपर्ने हुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले पाखुरा सफा गर्ने, कुहिनोमाथि आठ सेमीमाथि सानो इन्सुलिन दिएर  दुईवटा क्याप्सुल लगाएर पट्टि लगाइन्छ ।

महिनावारी भएको स्थितिलाई हेरेर राख्नुपर्छ कि जुनसुकै दिनमा पनि यसलाई राख्न सकिन्छ ?

सबैभन्दा उपयुक्त समय महिनावारी भएको पाँच दिनभित्र हो । त्यसबाहेक शिशु जन्मिएको तीन सातापछि लगाउँदा पनि यो निकै प्रभावकारी हुन्छ । अरु दिनमा भने गर्भवती भए नभएको पुष्टि गरेपछि मात्रै लगाउन सकिन्छ ।

जेडेलले कसरी काम गर्छ ?

जेडेल जस्ता इम्प्लान्टले अण्डा निष्कासन हुन सकिंदैन । यसले पाठेघरको मुखमा भएको पातलो पानीलाई बाक्लो बनाउने हुँदा पाठेघरभित्र वीर्य पस्न नपाउने हुँदा गर्भ बस्न पाउँदैन । पानी बाक्लो भएपछि यौन प्रसारित रोगलाई पनि केही हदसम्म कम हुन्छ ।

जेडेल इम्प्लान्ट शतप्रतिशत सुरक्षित हुन्छ ?

यसको विफल दर निकै कम छ । सय जना महिलामा एक जना मात्र गर्भवती हुन सक्ने सम्भावना हुन सक्छ । जसकारण यसलाई प्रभावकारी मानिन्छ ।

यसको केही साइड इफेक्ट पनि होला नि ?

कतिपय महिलालाई जेडेल जडान गरेको केही महिनासम्म महिनावारीको समय हेरफेर हुने र कहिलेकाहीं रगत धेरै जाने हुन सक्छ । साथै वजन बढ्ने, टाउको दुख्ने, माइन्ड स्वीङ हुने, पेट दुख्ने, छाती दुख्ने जस्तो हुन सक्छ । यस्तो बेला टाउको अत्यन्त दुख्यो र माइग्रेनको समस्या छ भने जेडेल निकाल्नुपर्ने हुन्छ ।

जेडेल कस्ता महिलाले प्रयोग गर्न हुँदैन ?

गर्भवती भइसकेको छ वा योनीबाट रक्तस्राव भइरहेको छ भने कारण थाहा पाउने समयसम्म जेडेल राख्नुहुँदैन । भर्खरै स्तन क्यान्सर भएका, फोक्सो वा नसामा एम्बोलिक डिजिज, कुनै ट्युमर छ भने पनि यसको प्रयोग गर्नुहुँदैन ।

जेडेल राख्न कति खर्च लाग्छ ?

स्वास्थ्यचौकीहरुमा जडान गर्न र निकाल्न कुनै पनि शुल्क लाग्दैन । तर निजी क्लिनिक र अस्पतालमा ७०० देखि एक हजार रुपैयाँसम्म पर्न जान्छ ।

जेडेल इम्प्लान्ट राख्न देशका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध छ । यसलाई चिकित्सक वा अनुभवी स्वास्थ्यकर्मीबाट मात्रै राख्नुपर्छ ।

गर्भनिरोधक जेडेल इम्प्लान्ट
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?