+
+

विमान दुर्घटना : शव दिन ढिलाइ गरेको भन्दै अस्पतालमा मृतकका आफन्त आक्रोशित

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ २ गते १५:१५

२ माघ, पोखरा । यती एयरलाइन्सको  विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।

शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन् ।

मृतकका परिवारका सदस्यले शव दिन ढिलाइ हुनुको कारण जानकारी माग गर्दै आफूहरुले कतिबेर कुर्नुपर्ने हो भन्ने प्रश्न गरिरहेका छन् ।

अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव पनि आफन्तलाई दिएको छैन । अस्पतालले सबै शव जम्मा भएपछि मात्र सोमबारबाट दिने बताएको थियो ।

तर, पहिचानका शव पनि दिन ढिला गरेको भन्दै आफन्त आक्रोसित बनेका छन् । अस्पतालले पनि पोस्टमार्टम भइरहेको र क्रमश दिइने बताएको छ ।

दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएका छन् ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?