+
+

प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित सदस्य

लिलु डुम्रे लिलु डुम्रे
२०७९ माघ ३ गते १४:५८

३ माघ, काठमाडौं । नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी छन् ।

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन किराँती छन् ।

पहिलो पटक सांसद बनेकी श्रीपालीको राजनीतिक जीवन ३० वर्ष कटेको छ । माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ देखिनै लागेकी थिइन् ।

राजनीतिक जीवन उनले प्रवास (भारत) बाट सुरु गरेकी हुन् । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीतिका लागि उनको पहिलो संगठन अखिल भारत नेपाली एकता समाज थियो । पार्टी संगठन निर्माणका क्रममा भारतका सबैजसो राज्यमा पुगेको श्रीपाली स्मरण गर्छिन् । सन् १९९५ मा अखिल भारत नेपाली महिला समाजको केन्द्रीय अध्यक्ष बनिन् ।

२०५४ साल भदौमा उनी नेपाल फर्किन् । स्वदेश फर्के लगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी भइन् । तत्कालीन समयमा गुल्मी र अर्घाखाँचीलाई मिलाएर माओवादीले एउटै कमिटी बनाएको थियो । उक्त कमिटीमा उनी सदस्य बनिन् । पार्टी राजनीतिमा मिलिसियाका रुपमा उनी तत्कालीन समयमा लागेकी थिइन् । ‘सेनाको संरचनामा म गइनँ । पार्टी राजनीतिमा काम गरें’ श्रीपालीले अनलाइनखबरसँग भनिन् ।

जनयुद्धकै क्रममा २०५५ सालमा श्रीपालीले जनवादी विवाह गरेकी थिइन् । श्रीपालीको श्रीमान डम्मरसिंह ठकुरी माओवादी सेनामा थिए । सेना समायोजन हुँदा उनका पति नेपाली सेनामा प्रवेश गरे ।

२०६४ सालमा पहिलोपटक माओवादी चुनावमा प्रवेश गर्ने बेला अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य बनिन् । त्यसअघि पार्टीले उनलाई नवलपरासी क्षेत्रमा खटाएको थियो । माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य बनिन् ।

माओवादीको केन्द्रीय समेत रहेकी श्रीपाली २०६८ मा दलित आयोगको अध्यक्ष बनेकी थिइन् । २०७२ सालको संविधान जारी भएपछि नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति दल गठन गरेपछि उनी सोही पार्टीमा आवद्ध भइन् । करिब दुई वर्ष नयाँ शक्तिमा रहेर उनी फेरि माओवादीमै फर्केकी थिइन् ।

२०३० मा जन्मेकी श्रीपालीको स्थायी ठेगाना अर्घाखाँचीको सन्धिखर्क वडा नम्बर १० हो । यसअघि पार्टीले उनलाई कुनै पनि तहमा उम्मेदवार बनाएको थिएन ।

यो पनि पढ्नुस् :

म्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालयको चाबी

दलैपिच्छेका उपप्रधानमन्त्री, सरकार जोगाउने कार्यनीति

ठेकेदार पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा 

उपराष्ट्रपति छाडेर मन्त्री रोजेकी रेखा 

शिक्षाको समस्या बुझेका मन्त्री 

जनमतले पाएन रोजेको मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

कसरी परराष्ट्रमन्त्री बनिन् विमला ?

सुदनले आमालाई देखाउन नपाएको शहर 

राज्यमन्त्रीको अफर नकारे, तेस्रोपल्ट चुनाव जितेर मन्त्री बने 

पूर्वप्रहरी प्रमुखलाई कानुन बनाउने जिम्मा 

दुई मन्त्रालय प्रधानमन्त्रीसँगै 

अभियन्ताबाट राज्यमन्त्रीमा डा. तोसिमाको छलाङ

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?