
काठमाडौं । चलचित्र नृत्य संघको अध्यक्षमा जनक कार्की निर्विरोध निर्वाचित भएका छन् । बुधबार चलचित्र विकास बोर्डमा सम्पन्न संस्थाको पाँचौं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
संघको उपाध्यक्षमा गम्भीर विष्ट, सोम लामा र अजय स्याङ्तान चुनिएका छन् । महासचिवमा दीपेन्द्र तिमल्सिना, सचिवमा लीलाधर भट्टराई, सहसचिवमा दीपक तामाङ, कोषाध्यक्षमा नारायण रिजाल र सहकोषाध्यक्षमा नवराज रिजाल चयन भएका छन् । सदस्यहरुमा देवराज सापकोटा, सुरेन्द्र बसेल, रामु थापा, रमेश बुढाथोकी र काजिश श्रेष्ठ चुनिएका छन् ।
ताराकुमार श्रेष्ठ, मोहन निरौला र राजु शाहको निर्वाचन मण्डलले पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ । चलचित्र नृत्य संघ नेपाली फिल्मका डान्स कोरियोग्राफरको छाता संस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4