+
+

रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’मा बनेका थिए डीआईजी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:०१
फिल्म 'लंका'को एक दृश्यमा हरि उप्रेती

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए ।

सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाको प्रमुख भूमिका थियो । अभिनेता निखिल उप्रेतीका दाइ समेत रहेका हरिले ‘लंका’मा केमियो रोल गरेका थिए । उनलाई फिल्ममा प्रहरीको बर्दीमा देख्न सकिन्छ ।

उप्रेती नेकपा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको चुनावी अभियानमा बिरामी भएपछि भाइ निखिलले दाइलाई भोट माग्दै अभियानमा सघाएका थिए ।

सर्लाहीमै घर भएका फिल्म निर्देशक श्याम भट्टराईले असल व्यक्तित्व भएको र स्थानीय स्तरमा लोकप्रिय मान्छे खोजेको बेला हरिलाई अभिनय गरिएको स्मरण गर्छन् । उप्रेती रक्षामन्त्री बनेपछि अहिले अमेरिकामा रहेका निर्देशक भट्टराईले उनलाई बधाई दिएका छन् । हरिले आफ्नो दृश्यको स्वरांकन समेत आफैं गरेको भट्टराईले जनाए ।

फिल्म ‘लंका’को एक दृश्यमा हरि उप्रेती

हरिको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सर्लाहीको हरिवन, बागमती क्षेत्रमा फिल्म छायांकन भएको थियो । रक्षामन्त्री उप्रेतीलाई बधाई दिन भाइ निखिल र अर्का कलाकार रमेश उप्रेती बिहीबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?