+
+

प्रधानमन्त्री कप महिला टी-२० को उपाधिमा प्रदेश १ र सुदूरपश्चिम भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १५:०६
प्रतियाेगिताकाे ट्रफीका साथ प्रदेश १ की कप्तान रूविना क्षेत्री र सुदूरपश्चिमकी कप्तान विन्दू रावल । तस्वीरः क्यान

६ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो ।

शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरी फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुनेछ ।

सुनसरीको इटहरीस्थित जनता माविको मैदानमा एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । कप्तान रुविना क्षेत्रीले अविजित २० रन बनाउँदा काजल श्रेष्ठले ९ र अप्सरी बेगमले अविजित ९ रन जोडिन् । प्रदेश १ ले ७ अतिरिक्त रन पाएको थियो । बलिङमा एपीएफकी नेरी थापाले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निकै कमजोर ब्याटिङ गर्दा १३.४ ओभरमा ४५ रनमै अलआउट भयो । राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहेको एपीएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक १० रन बनाइन् । बाँकी कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन् ।

एपीएफलाई सस्तैमा समेट्न प्रदेश १ का बलरहरुको प्रदर्शन शानदार थियो । स.ठीता राई र एलिशा खडियाले ३–३ विकेट लिँदा निकै अनुशासित बलिङ गरे । संगीताले ४ ओभरमा २ मेडन राख्दै ९ रन खर्चिन् । एलिशाले ४ ओभरमा ९ रन अर्चिन् । २ ओभरमा २१ रन खर्चेकी सवनम राईले २ विकेट लिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?