६ माघ, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले नेदरल्याण्ड्सका स्ट्राइकर मेम्फिस डिपेलाई अनुबन्ध गरेको छ । बार्सिलोना छाडेर उनी एथ्लेटिको गएका हुन् ।
बार्सिलोनाको अनुमतिमा उनले बिहीबार नै एट्लेटिकोमा अभ्यास गरेको मार्काले जनाएको छ ।
२८ वर्षीय डिपेका लागि एट्लेटिको ३० लाख युरो तिर्न तयार भएको बार्सिलोनाले जनाएको छ ।
उनी २०२१ मा फ्रि ट्रान्सफरमा लियोनबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । ४२ खेल खेलेका उनले १४ गोल गरेका छन् । तर चोटका कारण यो सिजन जम्मा चार खेल खेलेका छन् । क्लबसँग उनको सम्झौता पनि सकिन लागेको थियो ।
प्रतिक्रिया 4