+
+

पाका फिल्म प्राविधिक महर्जनलाई उपचारार्थ आर्थिक सहयोग प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते २०:५२

काठमाडौं । पेटको आन्द्रा र मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा उपचाररत वरिष्ठ फिल्म प्राविधिक मोहन महर्जनलाई नेपाल चलचित्र प्राविधिक संघले आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पुष्कर लामाले शुक्रबार वीर अस्पताल पुगेर ३५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।

संस्थाअन्तर्गतको विपत व्यवस्थापन कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । लामो समयदेखि नेपाली फिल्ममा प्रकाश व्यवस्थापक तथा छायांकार समेत रहेका महर्जन चार दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।

२०४८ सालमा फिल्म ‘भाग्यरेखा’बाट काम सुरु गरेका महर्जनले सयौं फिल्ममा प्राविधिकको रुपमा योगदान दिएका छन् । पछिल्लो समय परिवारसहित कुपण्डोलस्थित टहरमा बस्दै आएका उनले दुःख परेको बेला अध्यक्ष लामाले सम्झिएको भन्दै खुशि व्यक्त गरे । चलचित्र प्राविधिक संघले आर्थिक अभावमा हातमुख जोर्न र उपचार गर्न कठिनाइ भोगेका प्राविधिकलाई आर्थिक सहयोग गर्दै आएको छ ।

अध्यक्ष लामाले श्रमजीवि प्राविधिकलाई आपत परेको बेला सघाउन प्राविधिक संघ जतिबेला सुकै तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?