+
+

उपसभामुखको निर्वाचनअघि दलहरू छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १३:०२

७ माघ, काठमाडौं । उपसभामुखको निर्वाचन अगाडि राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुने गरी सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठक संसद भवन, नयाँ बानेश्वर शंकर हलमा जारी छ ।

प्रतिनिधि सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?