+
+

हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते ११:०५

१२ माघ, जुम्ला । हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ ।

मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए ।

आज जुम्लामा मौसम सफा छ । तर, धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए ।

आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ ।

नेपाली सेना २४ नम्बर बाहीनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।

अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि विमानस्थलमा पुगेका छन् ।

तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?