+

गर्भावस्थामा किन हुन्छ दाँत र गिजाको समस्या ?

२०७९ माघ  २२ गते १२:१९ २०७९ माघ २२ गते १२:१९
गर्भावस्थामा किन हुन्छ दाँत र गिजाको समस्या ?

गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ ।

गर्भावस्थामा देखिने दन्त समस्यालाई ‘प्रेग्नेन्सी जिंजीभाइटिस’ भनिन्छ । यो एक प्रकारको गिजाको रोग हो जुन गर्भावस्थाको समयमा हार्मोनको गडबडीले हुन्छ । गिजा रातो हुने, सुन्निने र गिजाबाट रगत बग्ने लक्षण यसबेला देखिन्छ ।

यसलाई दाँत सफा गर्ने विधि इस्केलिङबाट उपचार गर्न सकिन्छ । समयमा उपचार भएन भने यसले गिजासम्बन्धी गम्भीर समस्या समेत निम्त्याउन सक्छ । दाँत खिइने समस्या पनि गर्भावस्थामा देखिने अर्को समस्या हो । हार्मोनको गडबडीले दाँतमा प्लायककको मात्रा बढ्न सक्छ । जसको समयमै उपचार नगरे दाँतमा हर्सा लाग्न सक्छ । जसले गिजा सुन्निने, रगत बग्ने, मुख तथा सास गनाउने र दाँत हल्लिने जस्ता समस्या ल्याउँछ ।

डा. विनिता पौडेल

गर्भवती महिलाले प्लायक निर्माण हुनबाट जोगिनका लागि फ्लोराइडयुक्त टुथपेस्टको प्रयोग गरी दिनको दुईपटक अनिवार्य दाँत माझ्नुपर्छ, साथै डेन्टल फ्लसको पनि प्रयोग गर्नुपर्छ ।

यसैगरी मर्निग सिक्नेस पनि गर्भावस्थामा देखिने समस्या हो । बान्ताका बेला आउने पेटको एसिडले दाँतमा रहेको इनामेललाई मेटाउन सक्छ, जसले दाँतको संवेदनशीलता बढाउँछ र दाँत खिइने समस्या ल्याउँछ । मर्निग सिक्नेस अनुभव गर्ने गर्भवती महिलाले बान्तापछि मुख कुल्ला गर्ने र सकेसम्म चाँडो दाँत माझ्नुपर्छ ।

गर्भावस्थाको समयमा लिइने औषधिको बारेमा राम्रो ध्यान दिनुपर्छ । कतिपय औषधिको सेवनले मुखको स्वास्थ्यमा असर पुग्न सक्छ । वाकवाकी र बान्ताको उपचारमा प्रयोग गरिने केही औषधिले मुख सुक्खा बनाउने भएकाले दाँत खिइने र गिजाको समस्या आउन सक्छ । गर्भवती  महिलाले आफ्नो दन्त चिकित्सक र प्रसूति चिकित्सकसँग आफूले लिइरहेको कुनै पनि औषधिको विषयमा परामर्श गर्नुपर्छ ।

आफ्नो दाँत र मुखको राम्रो हेरविचार गर्नु भनेको आफ्नो मात्र नभएर आफ्नो बच्चाको दाँत र गिजाको विकासलाई पनि सहयोग पुर्‍याउनु हो । गिजासम्बन्धी रोग निम्त्याउने ब्याक्टेरियाहरु पनि जन्मको समयमा बच्चामा सर्न सक्छ, जसले बच्चामा दाँत र गिजाको रोगको जोखिम बढाउन सक्छ ।

गर्भावस्थाको समयमा सम्भव भएसम्म दाँत तथा मुखसम्बन्धी केही उपचार बन्द नै गर्नुपर्छ । जस्तै, गर्भावस्थाको पहिलो त्रैमासिकमा एक्सरे गर्नुहुँदैन । दाँत सफा गर्ने विधि ब्लिचिङ पनि  यो अवस्थामा गर्नु हँदैन । त्यसैले बच्चा जन्माउने निधो भएपछि पहिला आफ्नो दन्त समस्या के छ पत्ता लगाई पहिले नै उपचार गर्नुपर्छ ।

(डा. गौतम दिव्य स्माइल डेन्टल क्लिनिक ठूलो भर्‍याङ, काठमाडौंकी सञ्चालकसमेत हुन् )  

गर्भावस्था दाँतको उपचार
लेखक
डा. विनिता गौतम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?