+
+

माछापोखरीमा आन्दोलनकारीले जलाए अस्थायी प्रहरी बिट 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ फागुन १ गते १८:४२

१ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?