+
+

चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन ४ गते १५:२५

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको आगोले जलेर निधन भएको छ । भण्डारी पनि घाइते भएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी छ ।

आगोले जलेको अवस्थामा हरिकला र चन्द्रलाई बुधबार राति कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालका अनुसार शरीरको २५ प्रतिशत भाग जलेका भण्डरीलाई साढे १० बजेतिर अस्पताल पुर्‍याइएको थियो ।

उनकी आमा हरिकलाको शरीरको ७० प्रतिशत भाग जलेको थियो । सुरुमा सिभिल अस्पताल लगिएकी उनलाई भने चन्द्रभन्दा करिव एक घण्टापछि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो ।

सुरूमा आगलागी र ग्याँस सिलिण्डर विस्फोटका कारण चन्द्र र उनकी आमा हरिकला जलेको प्रहरीले बताएको थियो । तर बिहीबार विहान उनको घरमा पुग्दा ग्याँस सिलिण्डर विस्फोट नभएको पाइएको छ ।

कसरी भएको थियो घटना ?

चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे । माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो भने तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला ।

चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको बिहेमा गएका थिए । उनी उतै खाना खाएर आउने भएकाले भान्सामा केही पाकेको थिएन ।

चन्द्र साढे ९ बजेतिर चन्द्र घर फर्किए । कांग्रेस नेता एनपी साउदले गाडीमा घरमै छोडेर फर्किएका थिए ।

त्यसको केहीबेरमा ठूलो बिस्फोटको आवाज आयो । भाइ हरिहर र बुहारी दौडिँदै तल्लो तल्लामा झरे ।

उनीहरूका अनुसार भुइँ तल्लामा धेरै धुवाँ थियो । चन्द्र भण्डारी छटपटाउँदै प्यासेजतिर आउँदै थिए । आमा भान्सा बाहिरको एक कुनामा कपडा जलेको अवस्थामा लडिरहेकी थिइन् ।

भान्सामा ग्यासको चुल्हो जस्ताको त्यस्तै छ । सिलिण्डरमा रेगुलेटर र पाइप पनि जोडिएकै अवस्थामा छ । चुल्हो बाहिर रहेको ग्यासको सिलिण्डर पनि राम्रै अवस्थामा थियो ।

घरको भान्साको ढोका फुटेको छ । झ्यालको सीसा फुटेको छ । भान्सा बाहिरको सानो स्टोरमा लगाइएको युपीभीसीको छानो उडेको छ भने ढोकाको सीसा पनि फुटेको छ ।

विस्फोटको आवाज सुनेपछि सामुन्नेका छिमेकी भरत घिमिरे छोरालाई लिएर भण्डारीको घरमा पुगे ।

चन्द्रका भाइ हरिहर गुहार-गुहार भन्दै सहयोग मागिरहेका थिए । घिमिरे सहितका छिमेकी घरमा छिर्दा चन्द्र भण्डारी कपडा जलेको अवस्थामा कुर्सीमा बसेर मलाई बचाउ भन्दै याचना गरिरहेका थिए ।

घटनाको १५ मिनेटमै उनीहरुलाई अस्पताल पुर्‍याइएको घिमिरेले बताए । आमा हरिकलाको उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ । सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लैजाने तयारी छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?