+
+

काठमाडौं महानगरमा २५ करोडसम्मको परियोजना मेयर आफैंले स्वीकृत गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १६:४०

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट हुने परियोजना सम्बन्धी ऐनमा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै लगेका छन् ।

साझेदारी तथा लगानी ऐन, २०७९ मा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै २५ करोडसम्मको योजना सिधै स्वीकृत गर्न पाउने व्यवस्था उनले गरेका छन् ।

सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट सञ्चालन हुने परियोजनाहरू कार्यान्वयन गर्न महानगरपालिका प्रमुखबाट ५ करोडभन्दा बढी र २५ करोडसम्मको परियोजना स्वीकृत हुनसक्ने व्यवस्था गरेको हो ।

ऐन अनुसार २५ करोडभन्दा बढी लागत भएका परियोजनाहरू कार्यान्वयन गर्ने सम्बन्धमा कार्यपालिकाबाट स्वीकृत गर्नुपर्ने छ । यस्तै ५ करोडसम्मको परियोजना सम्बन्धित वडा समितिबाट स्वीकृत गराउनु पर्ने ऐनमा रहेको छ ।

यस्तै एकभन्दा बढी वडा क्षेत्रमा सञ्चालन हुने परियोजना वा एकाइबाट परियोजना सञ्चालन गर्न उपयुक्त हुने भनी बोर्डले निर्णय गरेको परियोजना ५ करोडभन्दा कम लागत भएपनि प्रमुखबाट स्वीकृत गर्न र सञ्चालन गर्न मिल्ने ऐन आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?