+
+

पोखरा म्याराथनको उपाधि दोस्रो पटक केन्याली धावकलाई

महिलामा विभागीय टिमको वर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १९:५३

६ फागुन, पोखरा । १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन केसगोईले जितेका छन् ।

शनिबार भएको म्याराथनमा केसागोईले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घण्टा २० मिनेट ७ सेकेन्डमा पूरा लगातार दोस्रो पटक उपाधि जितेका हुन् । अघिल्लो संस्करणमा उनले निर्धारित दूरी २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका थिए ।

उपाधिसँगै केसागोईले ५ लाख रुपैयाँ पाएका छन् । भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दैै आएको म्याराथनको १७ औं संस्करणको अन्य स्पर्धामा पनि केन्याली धावककै वर्चश्व रह्यो ।

म्याराथनमा दोस्रो स्थान पनि केन्याकै जुलियस मोरियकीले प्राप्त गरे । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दै ३ लाख रुपैयाँ प्राप्त गरे ।
नेपाली सेनाका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरेर तेस्रो भए । उनले २ लाख रुपैयाँ पाए ।

अघिल्लो संस्करणमा दोस्रो भएका केन्याली धावक सिमिओन किप्लागातो यसपटक भने २ घण्टा २९ मिनेट ३५ सेकेन्डमा दूरी पार गरेर चौथो भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्याराथनमा पछाईंको ह्याट्रिक

महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा पछाईंले जितिन् । निर्धारित २१.०९७ किलोमिटर उनले १ घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गरेर उपाधि जितेकी हुन् । पछाईंको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि हो ।

विभागीय टिम एपीएफकी वृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गरेर दोस्रो भइन् भने त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दूरी १ घण्टा ३१ मिनेट ४ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन् ।

महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख रुपैयाँ र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गरे । म्याराथनमा पुरुष, हाफ महिलासहितमहिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहीन दौडसँगै ‘रन फर फन’ इभेन्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?