+
+

जयन्द्रप्रसाद प्रसाईं कोषबाट चार प्रतिभा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते २१:०१

६ फागुन, विर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चार जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा जयन्द्रप्रसाद प्रसाईं वर्षोत्कृष्ट कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका लेखक वसन्त बस्नेतलाई पुरस्कृत गरिएको छ । संस्थाका अनुसार २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारालाई वर्षोत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विष्णु पद्मा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य, पत्रकार एवं चित्रकार पवन राजवंशी र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत गरिएको छ ।

पुरस्कृत कृतिकार तथा प्रतिभालाई प्रमुख अतिथि पोखरेल, संस्थाका अध्यक्षसहित उपस्थित अतिथिले सम्मान पत्र, दोसल्ला र नगद राशि प्रदान गरेका थिए । तीनवटै पुरस्कारको राशि जनही २५/२५ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीराम प्रसाईंले बताए ।

कोष स्थापनाको २०औं वर्ष पुगेको अवसरमा स्थापना गरिएको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने ११ हजार नगद, सम्मान पत्र र दोसल्लासहितको पुरस्कारबाट विराटपोखर निवासी चन्द्रप्रसाद भट्टराईलाई सम्मान गरिएको सचिव राजेन्द्र प्रसाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?