+
+

जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १४:५०
अर्थमन्त्री विष्णु पौडेल/फाइल तस्वीर

११ फागुन, काठमाडौं । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । नेपाल जी २० को सदस्य भने होइन । अहिले जी २० को अध्यक्ष भारत छ ।

भारतले जी २० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण उनी भारत गएको पौडेलको सचिवालयले जनाएको छ । सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने सम्मेलनका दौरान उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । उनी १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?