+
+

एप्पलले ल्याउँदैछ नयाँ स्मार्टवाच, जसले कपडा अनुसार रङ बदल्नेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ७:३२

काठमाडौं । यदि तपाईं पनि एप्पल वाचको पारखी हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । एप्पलले ल्याउने आगामी एप्पल वाचले तपाईंले लगाएको कपडाको हिसाबले रङ बदल्नेछ ।

समाचार अनुसार एप्पल वाचको आगामी संस्करणमा रङ परिवर्तन गर्ने प्रविधि रहने बताइएको छ । रङ परिवर्तन गर्ने एप्पल वाचको पेटेन्ट सार्वजनिक भएको छ ।

रिपोर्ट अनुसार आगामी एप्पल वाचको रङलाई तपाईंले एप्पल वाच एपको सहयोगले आफ्नो कपडा अनुसार बदल्न सक्नुहुनेछ । रङ परिवर्तन हुने नोटिफिकेसन फोनमा प्राप्त हुनेछ । सार्वजनिक भएको पेटेन्ट अनुसार कम्पनीले उक्त विशेष एप्पल वाचको ब्याण्डका लागि इलेक्ट्रोक्रोमिक तत्वको प्रयोग गर्नेछ ।

एप्पलको उक्त पेटेन्टको जानकारी Patently Apple ले सबैभन्दा सुरुमा जानकारी दिएको हो । उक्त फिचरको मद्दतले तपाईं आफ्नो एप्पल वाचको रङलाई कस्टमाइज गर्न सक्नुहुनेछ । नयाँ स्मार्टवाच सँगै तीनवटा स्ट्रयाप डिजाइन हुनेछन् र प्रत्येक स्ट्रयापको एउटा खास रङ हुनेछ । साथै स्मार्टवाचको ब्याण्डलाई ननिकालिकन पनि त्यसको रङ बदल्न र मिलाउन सकिन्छ ।

स्ट्रयापको रङबाटै प्रयोगकर्ताको फोनमा आउने नोटिफिकेसनको जानकारी प्राप्त हुनेछ । यद्यपि एप्पलले उक्त फिचरको बारेमा अहिलेसम्म कुनैपनि आधिकारिक रुपमा केही पनि जानकारी दिएको छैन । साथै एप्पल वाचमा ब्लड सुगर मनिटरिङको फिचर पनि हुनेछ र त्यसपछि रगतमा चिनी नाप्नका लागि सुइको आवश्यकता हुनेछैन ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?