+
+

किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७९ फागुन १४ गते १४:३९

१४ फागुन, काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्धार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।

ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।

त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।

‘ललितपुरको घटना भएकाले त्यहींबाट मुद्दा चलाउने गरी पठाएका छौं’, सुवेदीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान ललितपुरबाटै भइरहेको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?