+
+

ट्वीटर संस्थापकले ल्याए नयाँ सोसल मिडिया एप, ट्वीटरलाई नै टक्कर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते ११:४९

ट्वीटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले नयाँ सोसल मिडिया एप तयार गरेको छन् ।

उनले बनाएको सोसल मिडिया प्लाटर्फमको नाम Bluesky रहेको छ । तत्कालका लागि यो एप केवल आईओएस प्लाटर्फममा उपलब्ध गराइएको छ । साथै यो एप प्रयोग गर्नका लागि निमन्त्रणा समेत आवश्यक पर्दछ ।

अर्थात् ब्लूस्काई एउटा invite only सोसल मिडिया प्लाटर्फम हो । Bluesky हाल एप्पलको एप स्टोरमा उपलब्ध छ र तपाईंले Bluesky Social नामबाट यसलाई खोजेर डाउनलोड गर्न सक्नुहुन्छ । तर यसलाई प्रयोग गर्नका लागि भने तपाईंसँग निम्तो हुनुपर्नेछ ।

यो एपको विवरणमा रहेका स्क्रिनसट हेर्दा ब्लूस्काई धेरै हदसम्म ट्वीटरजस्तै देखिन्छ । मात्र यसमा रिट्वीट अप्सनलाई रिपोस्ट अप्सनले प्रतिस्थापन गरिएको छ ।

यो एपमा रहेका सर्कुलर प्रोफाइल पिक्चर, फलोअर्स तथा फलोइङ काउन्ट, बोल्ड अकाउन्ट नाम तथा ग्रे ह्याण्डलले तपाइँलाई ट्वीटरको याद दिलाउनेछ । वास्तवमा यसमा कुनै आश्चर्य मान्नु पर्दैन, किनकि यसको सुरुआत ट्वीटरबाटै भएकेा थियो ।

४ वर्षअघि भएको थियो परियोजनाको सुरुआत

सन् २०१९ मा ट्वीटरका तत्कालीन सीईओ ज्याक डर्सीले ब्लूस्काई टीमको उद्देश्य प्रष्ट पारेका थिए । आफ्नो टीमले एक विकेन्द्रित सोसल मिडिया प्रोटोकल तयार पारिरहेको र त्यसलाई Authenticated Transfer को रुपमा चिन्न सकिने उनले प्रष्ट पारेका थिए ।

यो प्रोटोकलको मद्दतले विभिन्न सोसल मिडिया नेटवर्कहरु एक अर्कासँग अन्तरक्रिया गर्न सक्नेछन् । ब्लूस्काई एपले यस्तै प्रोटोकलमा काम गर्दछ र सन् २०१९ मा ब्लूस्काई प्रोजेक्ट सुरु भएको थियो ।

त्यसबेला ज्याक डोर्सी ट्वीटरका सीईओ थिए । ट्वीटरले धेरै समयसम्म ब्लूस्काईलाई आवश्यक आर्थिक सहयोग प्रदान गरिरह्यो ।

हुनत यो परियोजनाको सुरुवात एलन मस्कले ट्वीटर खरीद गर्नुभन्दा धेरै अगाडि नै भएको थियो । तथापि मस्क र डोर्सी दुवै जनाले एक open source protocol  को अवधारणामा भने चर्चा गरिरहेका हुन्थे ।

के के हुनेछन् ब्लूस्काईका फिचर ?

यो सोसल मिडियामा विभिन्न फिचरहरु रहेको देख्न सकिन्छ । जस अनुसार यो एप एउटा साधारण इन्टरफेसमा रहनेछ । यसमा २ सय ५६ अक्षरको सामाग्री पोस्ट गर्न सकिनेछ र तस्वीर पनि जोड्न सकिनेछ ।

जसरी ट्वीटरमा ट्वीट लेख्ने ठाउँमा What is happening ? को मेसेज देखिन्छ । त्यस्तै ब्लूस्काईमा चाहिँ What’s up ? लेखेको देखिनेछ । Bluesky एपमा शेयरिङ, म्युटिङ तथा ब्लक अकाउन्ट जस्ता अन्य फिचरहरु पनि रहनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?