+

घरमै कसरी गर्ने एरोबिक ?

२०७९ फागुन  २६ गते ८:१० २०७९ फागुन २६ गते ८:१०
घरमै कसरी गर्ने एरोबिक ?

अस्वस्थकर खानपान र अस्तव्यस्त जीवनशैलीका कारण अहिले धेरै मानिस मोटोपनको समस्याबाट पीडित छन् । आफ्नो तौल सन्तुलनमा राख्न डाइट प्लान, व्यायाम, जिमको ध्याउन्नमा धेरै लागेका छन् ।

अहिले मोटोपन घटाउन र आफूलाई फिट राख्न एरोबिक धाउने क्रम पनि बढेको छ । एरोबिक सामान्य भाषामा यो ‘डान्स फर्म’मा गरिने व्यायाम हो । यो बिट म्युजिकमा ग्रुप डान्स गरेर गरिन्छ ।

एरोबिकजस्तै जुम्बा पनि चलनमा छ । दुवै डान्स फर्ममै गरिने भएपनि केही फरक छ । जुम्बामा डान्स शैली बढी हुन्छ भने एरोबिक फिटनेसमा बढी केन्द्रित हुन्छ ।

एरोबिक कसले गर्ने ?

एरोबिक सबै उमेर समूहले गर्न मिल्छ । उमेर अनुसारकै म्युजिक बिट तयार पारिएको हुन्छ । किशोरकिशोरी, युवायुवती र प्रौढ उमेरका व्यक्तिहरुका लागि छुट्टाछुट्टै बिट हुन्छ । उमेर अनुसार स्लो र फास्ट बिट हुन्छ । एरोबिकमा वामअप, स्टेचिङ, कन्डिसनिङ, वेट टेनिङ र कुलडाउनबाट सुरु गरेर बल्ल डान्स गरिन्छ ।

क्लबमै जानुपर्छ कि घरमै गर्दा पनि हुन्छ ?

निरोज लामा

एरोबिक घर वा क्लब जहाँ पनि गर्न सकिन्छ । हिजोआज युट्युब हेरेर वा जानकारी लिएर घरमै पनि गर्न सकिन्छ । तर क्लबमा प्रशिक्षकको निगरानीमा गर्दा उत्तम हुन्छ । किनकि कुन बिटमा कस्तो स्टेप गर्ने भन्ने कुरा त्यहाँ सिकाइन्छ । घरमा यसबारे यथेष्ट जानकारी नपाउन सकिन्छ ।

कुन समय उपयुक्त ?

एरोबिकका लागि सबैभन्दा उत्तम समय त बिहान हो । तर काम विशेषले नभ्याउने अवस्थामा साँझ वा अन्य बेला पनि गर्न सकिन्छ । विकसित देशहरुमा २४ घण्टा नै एरोबिक सेन्टरहरु खोलिने भएकाले जुनसुकै समयमा पनि गर्ने चलन छ । एरोबिक सामान्यतया एक घण्टाको हुन्छ ।

एरोबिकको कुनै प्याकेज हुँदैन । दिनदिनै खाना खाएजस्तै हरेक दिन गर्नु राम्रो हुन्छ । तर आराम र खानपानको सन्तुलन भने मिलाउनुपर्छ ।

एरोबिक स्वस्थ रहन कि फिट रहन ?

यसमा दुवै कुरा आउँछन् । स्वस्थ रहन एरोबिक गर्ने हो भने बाह्रै महिना गर्नुपर्ने हुन्छ । गर्मीमा गर्ने जाडोमा नगर्ने भन्ने हुँदैन । तर हामीकहाँ भने मोटोपन घटाउन वा फिट हुन बढी एरोबिक गर्ने गरेको देखिन्छ । किनभने उनीहरु गर्मी महिनामा आउने अनि जाडो महिनामा बिहानै उठ्न गाह्रो हुन्छ भनेर आउँदैनन् । एरोबिकमा महिला पुरुष दुवै उत्तिकै आउने गरेको देखिन्छ । पहिले पहिले महिलाले व्यायाम गरे पुरुषको जस्तै शरीर हुन्छ भन्ने सोच थियो तर अहिले यो सोचमा परिवर्तन आएको छ । महिलालाई पनि फिट हुन जरुरी छ भन्नेमा सचेत हुन थालेका छन् ।

एरोबिक म्युजिकमा आधारित हुन्छ तर जुनसुकैमा गर्न सकिंदैन । यसका लागि छुट्टै संगीत र बिट तयार पारिएको हुन्छ । एरोबिक डान्स गर्न मिल्ने गरी नेपालमा भने संगीत तयार पारिएको पाइँदैन ।

(लामा पोखरास्थित आव्या फिटनेस क्लबका सञ्चालक हुन् ।)

एरोबिक फिटनेस
लेखक
निरोज लामा, फिटनेस व्यवस्थापक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी