+

घरमै कसरी गर्ने एरोबिक ?

२०७९ फागुन  २६ गते ८:१० २०७९ फागुन २६ गते ८:१०
घरमै कसरी गर्ने एरोबिक ?

अस्वस्थकर खानपान र अस्तव्यस्त जीवनशैलीका कारण अहिले धेरै मानिस मोटोपनको समस्याबाट पीडित छन् । आफ्नो तौल सन्तुलनमा राख्न डाइट प्लान, व्यायाम, जिमको ध्याउन्नमा धेरै लागेका छन् ।

अहिले मोटोपन घटाउन र आफूलाई फिट राख्न एरोबिक धाउने क्रम पनि बढेको छ । एरोबिक सामान्य भाषामा यो ‘डान्स फर्म’मा गरिने व्यायाम हो । यो बिट म्युजिकमा ग्रुप डान्स गरेर गरिन्छ ।

एरोबिकजस्तै जुम्बा पनि चलनमा छ । दुवै डान्स फर्ममै गरिने भएपनि केही फरक छ । जुम्बामा डान्स शैली बढी हुन्छ भने एरोबिक फिटनेसमा बढी केन्द्रित हुन्छ ।

एरोबिक कसले गर्ने ?

एरोबिक सबै उमेर समूहले गर्न मिल्छ । उमेर अनुसारकै म्युजिक बिट तयार पारिएको हुन्छ । किशोरकिशोरी, युवायुवती र प्रौढ उमेरका व्यक्तिहरुका लागि छुट्टाछुट्टै बिट हुन्छ । उमेर अनुसार स्लो र फास्ट बिट हुन्छ । एरोबिकमा वामअप, स्टेचिङ, कन्डिसनिङ, वेट टेनिङ र कुलडाउनबाट सुरु गरेर बल्ल डान्स गरिन्छ ।

क्लबमै जानुपर्छ कि घरमै गर्दा पनि हुन्छ ?

निरोज लामा

एरोबिक घर वा क्लब जहाँ पनि गर्न सकिन्छ । हिजोआज युट्युब हेरेर वा जानकारी लिएर घरमै पनि गर्न सकिन्छ । तर क्लबमा प्रशिक्षकको निगरानीमा गर्दा उत्तम हुन्छ । किनकि कुन बिटमा कस्तो स्टेप गर्ने भन्ने कुरा त्यहाँ सिकाइन्छ । घरमा यसबारे यथेष्ट जानकारी नपाउन सकिन्छ ।

कुन समय उपयुक्त ?

एरोबिकका लागि सबैभन्दा उत्तम समय त बिहान हो । तर काम विशेषले नभ्याउने अवस्थामा साँझ वा अन्य बेला पनि गर्न सकिन्छ । विकसित देशहरुमा २४ घण्टा नै एरोबिक सेन्टरहरु खोलिने भएकाले जुनसुकै समयमा पनि गर्ने चलन छ । एरोबिक सामान्यतया एक घण्टाको हुन्छ ।

एरोबिकको कुनै प्याकेज हुँदैन । दिनदिनै खाना खाएजस्तै हरेक दिन गर्नु राम्रो हुन्छ । तर आराम र खानपानको सन्तुलन भने मिलाउनुपर्छ ।

एरोबिक स्वस्थ रहन कि फिट रहन ?

यसमा दुवै कुरा आउँछन् । स्वस्थ रहन एरोबिक गर्ने हो भने बाह्रै महिना गर्नुपर्ने हुन्छ । गर्मीमा गर्ने जाडोमा नगर्ने भन्ने हुँदैन । तर हामीकहाँ भने मोटोपन घटाउन वा फिट हुन बढी एरोबिक गर्ने गरेको देखिन्छ । किनभने उनीहरु गर्मी महिनामा आउने अनि जाडो महिनामा बिहानै उठ्न गाह्रो हुन्छ भनेर आउँदैनन् । एरोबिकमा महिला पुरुष दुवै उत्तिकै आउने गरेको देखिन्छ । पहिले पहिले महिलाले व्यायाम गरे पुरुषको जस्तै शरीर हुन्छ भन्ने सोच थियो तर अहिले यो सोचमा परिवर्तन आएको छ । महिलालाई पनि फिट हुन जरुरी छ भन्नेमा सचेत हुन थालेका छन् ।

एरोबिक म्युजिकमा आधारित हुन्छ तर जुनसुकैमा गर्न सकिंदैन । यसका लागि छुट्टै संगीत र बिट तयार पारिएको हुन्छ । एरोबिक डान्स गर्न मिल्ने गरी नेपालमा भने संगीत तयार पारिएको पाइँदैन ।

(लामा पोखरास्थित आव्या फिटनेस क्लबका सञ्चालक हुन् ।)

एरोबिक फिटनेस
लेखक
निरोज लामा, फिटनेस व्यवस्थापक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय