+
+

पुलिसको लगातार तेस्रो हार, संकटा बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १८:०१
संकटा क्लब

२७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार व्यहोरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लवसँग ३–० गोल अन्तरले पराजित भएको हो । १२ औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन् ।

खेलको ८० औं मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । मनिष डांगीको प्रहार पुलिसका रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए । त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल गर्‍यो । सुरजज्यू ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय व्यहोरको पुलिस अंक बिहीन छ । यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दा मनाङ मर्स्याङ्दी क्लबसँग १–० को पराजय व्यहोरेका थियो । उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?